कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका लागि विभिन्न ६ राजनीतिक दल सहित ६ स्वतन्त्रका उम्मेदवार चुनावी मैदानमा होमिएका छन । जिल्लाकै सदरमुकाम महेन्द्रनगरमा पर्ने क्षेत्र ३(क)मा केही उम्मेदवार नयाँ केही यस अघि जनप्रतिनिधी भईसकेका नेता चुनावी मैदानमा होमिएका छन ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट टेकेन्द्र प्रशाद भट्ट उम्मेदवार भएका छन ।उनी नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एव केन्द्रीय सदस्य संविधान सभा सदस्य हुन । ०६४सालमा पहिलो संविधान सभा सदस्यमा क्षेत्र ३बाट निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रकास बहादुर रावल उम्मेदवार भएका छन । रावल समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज हाल सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हुन ।
एमाले–राप्रपा गठबन्धनबाट पुर्व तत्तकालिन महेन्द्रनगर नगर पञ्चायतका प्रधानपञ्च धर्मराज जोशी साझा उम्मेदवार भएका छन । जोशी राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष हुन । यस्तै साना राजनीतिक दल नेपाल मजदुर किसान पाटीबाट सुरेन्द्र दमाई, मौलिक जरोकिलोबाट मोहन धामी, नेकपा माक्सवादी लेलिनवादीबाट पदम सिह खत्री उम्मेदवार भएका छन ।
यस्तै ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका पिताम्बर जोशी, संघकै सदस्य गोपाल बुढापाल, लोक विक्रम थापा, दिवान सिह आग्री, महादेव भट्ट र तेज बहादुर लुहार उम्मेदवार भएका छन । पिताम्बर जोशी र गोपाल बुढापाल काँगे्रेस कार्यकर्ता हुन ।
उनीहरुले पाटी बिरुद्धमा उम्मेदवारी दिएको भन्दै नेपाली काँग्रेसले कार्बाही गरिसकेको छ । पुर्व एमाले नेता लोक विक्रम थापा समाजवादीका नेता हुन । उनले पाटी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन । राजावादी निकट दिवान सिह आग्री अघिल्लो निर्वाचनमा समेत चुनावमा होमिएका थिए ।
उतिबेला आग्रीले १६५मत ल्याएका थिए । महादेव भट्ट र तेज बहादुर लुहार स्वतन्त्रबाट पहिलो पटक उम्मेदवार भएर चुनावमा होमिएका छन । जिल्लाका ६ प्रादेशिक निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढि क्षेत्र ३(क)मा उमेदवार रहेका छन ।
क्षेत्र ३(क)मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, समाजवादीका उम्मेदवार एव प्रदेशका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावल र राप्रपाका तर्फबाट पुर्व महेन्द्रनगरका प्रधानपञ्च धर्मराज जोशीविच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
संविधान सभा सदस्य भट्टलाई काँग्रेसको साथ, प्रदेशका अर्थमन्त्री रावलले आफ्नो कार्यकालमा गरेका कामकाज र पुर्व प्रधानपञ्चलाई एमालेको साथ पाईएकाले तीनै उम्मेदवारविच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको हो । उक्त प्रादेशिक निर्वाचन क्षेत्रमा भीमदत्त नगरका १२ वडा र बेदकोट नगरका १ वडा सहित १३ वडा रहेका छन ।
गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन मत परिमाण अनुरुप उक्त निर्वाचन क्षेत्रमा रहेका एक पालिका भीमदत्त सहित काँग्रेसले ९ वडा, नेकपा एमालेले २, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवदीले एक÷एक वडा जितेको छ ।
गत बैशाखमा सम्पन्न भएको स्थानीय तहमा वडामा पाएको निर्वाचन मत परिमाण अनुरुप काँग्रेसले ११ हजार ३९, नेकपा एमालेले, ६ हजार ५३३, माओवादी केन्द २ हजार ३२५, नेकपा एकीकृत समाजवादी २ हजार ३७, राप्रपा २ हजार ९७९ र अन्यले २सय ६५मत पाएका थिए । यद्यपी स्थानीय तह निर्वाचनमा माओवादी र समाजवदीविच चुनावी तालमेल भएका कारण अधिकाँस वडाहरुमा दुवैका उम्मेदवार उठाईएका थिएनन् ।
स्थानीय तह निर्वाचन चुनावी मत परिमाण अनुरुप सत्ता गठबन्धन पक्षमा १३ हजार २७४, विपक्षी गठबन्धन ९ हजार ५१२, समाजवादी २ हजार ३७ र अन्य २६५ मत नै रहेको पाईन्छ । स्थानीय तह मत परिमाण अनुरुप गठबन्धन बलियो देखिएको छ ।
उक्त निर्वाचन क्षेत्रबाट एमाले पृष्टभूमिका समाजवादीबाट उम्मेदवार प्रकास रावल, समाजवादीकै वागी एव पुर्व एमाले उम्मेदवार लोकविक्रम थापाले एमालेका मत तान्ने अनु्मान गरिएको छ । काँग्रेसका पनि दुई नेता स्वतन्त्र÷बागी पिताम्बर जोशी र गोपाल बुढापाल उम्मेदवार छन ।
उनीहरु दुवैलाई पार्टीले अनुशासनको कार्बाही गरेपछि उनलाई काँग्रेसका नेता कार्यकर्ता सहयोग गर्न डराएका छन । यसर्थ काँग्रेस माओवादी भित्र ईमान्दारिता भएको खण्डमा संविधान सभा सदस्य टेकेन्द्र भट्टले ससदमा कमब्याक हुने समेत कतिपय बुद्धिजिवीको दावि छ । अधिल्लो निर्वाचनमा उक्त क्षेत्रमा ४२ हजार २५९ र अहिले ४६ हजार ५९४मतदाता रहेका छन । क्षेत्र ३(क)मा त्रिपक्षीय प्रतिस्पर्धा हुने उम्मेदवारका एजेण्डा यस्ता छन ।
संविधानको रक्षा गर्दै क्षेत्रको सम्बृद्धि गर्छु : बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार टेकेन्द्र प्रशाद भट्ट
–बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले संविधानको रक्षा गर्दै संविधानमा उल्लेख भएका व्यवस्था संस्थागत गर्न र क्षेत्रको दिगो विकास सम्बृद्धिका लागि आफुले उम्मेदवारी निर्वाह गर्ने एजेण्डा अघि सारेका छन ।
‘मेरो निर्वाचन क्षेत्र उत्तरमा चुरे पश्चिममा महाकाली नदी पुर्वमा पनि नदी, मध्य भागमा बजार क्षेत्र र दक्षिणमा निकुञ्ज क्षेत्रसंगै जोडिएको छ, ‘उनले भने, ‘जिल्लाकै सदरमुकाम केन्द्र भएकाले भएका विद्यमान समस्या समाधान गर्छु ।’
युवा उम्मेदवार भट्टले प्रदेशकै सार्मथ्य, चाहनाले पनि यस क्षेत्रका ठुला योजना संचालनमा कठिनाई हुने भएकाले केन्द्रसंग आवश्यक बजेट, पालिकासग समन्वय गरेर प्रदेशबाट सक्नेजती काम गर्ने बताए । भट्टले निर्वाचन क्षेत्रमा रहेका विद्यमान समस्या, चुरे सहितका नदीखोला नालाको कटानीले कृषियोग्य भूमि क्षतिकरण भएकाले सो जमिन पुर्नरुत्पादन गर्ने, सिँचाई, स्वास्थ्य, खानेपानी, व्यवस्थित शहरीकरण, पूर्वाधार विकास, बेरोजगारी समस्या समाधान, छाडा पशु चौयापाको बहुमुखी व्यवस्थापन, युवा केन्द्रीत उद्यम, औद्योगिकण, शिक्षा स्वास्थ्यको दिगो विकास र सम्बृद्धिका लागि प्रदेशबाट समस्या समाधान गर्ने एजेण्डा अघि सारेका छन ।
प्राविधिक शिक्षादेखि समाजिक विकृती, विभेद हटाउँदै समुन्नत समाज निर्माणका लागि आफुले काम गर्ने बताए । ‘विगतमा संविधान निर्माण अहिले संविधान कार्यान्वयनदेखि स्थानीय जनताका दैनिक जनजिविकामा आउने समस्या हल गर्ने योजना ल्याउँछु, ‘उनले भने, ‘विगतमा पनि मलाई जनताले पल्याएरै संविधान लेख्न पठाए अहिले पनि जनताले थप जिम्मेबारी दिने आशा, विश्वास र भरोसा गरेको छु ।’
अधुरा योजना पुरा गर्छु : समाजवादीका उम्मेदवार प्रकास रावल
नेकपा एकीकृत समाजवादीका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले यस अघि संसद, राज्यमन्त्री र मन्त्री हुँदा क्षेत्रमा ल्याएका विकास निर्माणका थुप्रै योजना पुरा गर्ने चुनावी एजेण्डा अघि सारेका छन । ‘म अधुरा योजना पुरा गर्छु, ‘रावलले भने, ‘त्यही भएर पुन दोस्रो पटक चुनावी मैदानमा होमिएको छु ।’ जनताको प्रमुख आम्दानीको स्रोत कृषिलाई थप वैज्ञानिकरण गर्दै ‘एक घर एक टर्नेल विस्तार योजना अघि बढाउँदै स्वदेशमै युवालाई आर्थिक कामकाजमा जोड्छु ।’ बन्द रहेको मझगाँउ बिमानस्थल शुचारुका लागि संविधानले निर्दिष्ठ गरेका सहमती, सहकार्य सहअस्थित्व अनुरुप मझगाँउ बिमानस्थल पुर्नसंचालनको कार्य अघि बढेको बताउदै रावलले केही प्राविधिक समस्या समेत हल गरिने बताए ।
प्रदेश सरकारले अघि सारेको १ अर्ब बराबरको प्रदेश स्वरोजागर कोष कार्यविधी बनाएर अघि बढाउँने सिँचाई सुविधा विस्तार, तटबन्ध निर्माण, चुरे संरक्षण, ढल विस्तार, बन्यजन्तुबाट हुने क्षति रोक्र्ने, किसानलार्ई अनुदानका कार्यक्रम अघि बढाउने, व्यवस्थित शहर विकास, सुकुमबासीका समस्या समाधान, पूर्वाधार विकास, पर्यापर्यटन क्षेत्रको विस्तार, विमानस्थल विस्तार, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुल, युवा उद्यमका चुनावी एजेण्डा अघि सारेका छन । खेलकुद विकास साथै बन्द रहेको मझगाँउ बिमानस्थल शुचारुका लागि संविधानले निर्दिष्ठ गरेका सहमती, सहकार्य सहअस्थित्व अनुरुप मझगाँउ बिमानस्थल पुर्नसंचालनको कार्य अघि बढेको बताउदै रावलले केही प्राविधिक समस्या समेत हल गरिने एजेण्डा अघि सारेका छन ।
गरिबी हटाउँछु : एमाले–राप्रपा गठबन्धनका उम्मेदवार धर्मराज जोशी
–(नेकपा एमाले–राप्रपा) गठबन्धनका उम्मेदवार धर्मराज जोशीले क्षेत्रको गरिब उन्मुलन गर्ने मुल एजेण्डा अघि सारेका छन । ‘गरीबी हटाउने मेरो मुख्य काम हुन्छ, ‘उनले भने, ‘जबसम्म गरिबी हट्दैन तबसम्म सम्मुनत समाज बन्दैन ।’ कक्षा १२ सम्म शिक्षा पुर्ण निःशुल्क, प्राविधिक शिक्षा विस्तार, सुदूरपश्चिम विश्वविद्यालयलाई प्राविधिक शिक्षामुलुक बनाउने जोशीको एजेण्डा रहेका छन ।
स्वास्थ्य बिमा प्रभावकारी, ७० बर्ष भन्दा बढि उमेर पुगेका जेष्ठ नागरिकको घर घरमै गएर ३÷३ महिनामा स्वास्थ्य चेकअप गर्ने, ढल व्यवस्थापन गर्ने, कृषिको विकास, निकुञ्ज क्षेत्रबाट बन्यजन्तुबाट हुने मानविय तथा अन्नबाली क्षति रोक्ने, महाकाली सिँचाई तेस्रो चरणको नहर अन्र्तरगत उत्तरी क्षेत्रमा रहेका जनतालाई सिँचाई सुविधा पु¥याउने, महेन्द्रनगरलाई स्र्माट सिटी बनाउँने छाडा पशु चौपाया नियन्त्रण गर्ने एजेण्डा अघि सारेका छन । ‘बनखेत क्षेत्र औद्योगिक क्षेत्र हो, ‘उनले भने, ‘अब भीमदत्त नगरपालिकालाई गुरु योजना अन्र्तरगत अघि बढाउँँदै आधुनिक नगरपालिकामा परिणत गछुँ ।’