कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति नजिकिदै छ । नेकपा एकीकृत समाजवादी ३(क)का नेता कार्यकर्ता पत्रकार एव संचार माध्यम धम्क्याउन थालेका छन ।

आचार संहितको विषयमा प्रशन गर्दा समाजवादी ३(क)का एक नेताले धम्क्याएको पत्रकार मदनराज जोशीले बताए । सम्बृद्धि पोष्ट अनलाईनका सम्पादक समेत रहेका जोशीलाई आचार संहिता उलङघन गरेको विषयमा प्रशन गर्दा धम्क्याउनुका साथै दुव्र्यवहार गरेका छन ।

पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य एव प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यमाथि दुव्र्यवहार धम्कीजन्य गतिबिधी गरेको भन्दै प्रेस सेन्टर नेपाल कञ्चनपुर र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले भत्र्सना जाहेर गरेको छ ।

प्रेस कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्ट र महासंघ सुप प्रदेशका महासचिव रामसिह ठगुन्नाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा धम्कीपुर्ण कार्य भत्र्सनायोग्य भन्दै पत्रकार धम्काउने काम बन्द गर्न माग अघि सारेका छन ।

प्रतिक्रिया दिनुस