कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा पुर्वमन्त्री, पुर्व ससद सहित बहालवाला प्रदेशका मन्त्री चुनावी मैदानमा होमिएका छन । मतदानको मिति नजिकिदै गएपछि राजनीतिक दल, तिनका उम्मेदवारले चुनावी प्रचारप्रसार तिव्र पारेका छन । १ मंसिर मध्यरातदेखि मौन अवधि शुरु हुने भएपनि चुनावी माहोल उत्कर्षमा पुगेको छ ।
चुनावमा भाग लिएका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेमपा एकीकृत समाजवादी, राप्रपा सहितका १५ दल तिनका उम्मेदवार युद्धस्तरमा मत माग्न गाँउ गाँउमा गएर चुनाव प्रचारप्रसारमा खटिएका छन । कञ्चनपुरमा गाँउ गाँउमा भईरहेको चुनावी माहोल अन्र्तरगत गठबन्धनको पक्षमा जनता उर्लिएका छन । देशैभरी गठबन्धनको पक्षमा माहोल देखिन थालेपछि जनताप्रति उत्साहित भएका छन । जिल्लाका तीनै निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक सत्ता गठबन्धन र ३नम्बर मात्रै विपक्षी गठबन्धनविच चुनावी गठबन्धन भएको छ ।
सोही अनुरुप दल, उम्मेदवार चुनावी एजेण्डा लिएर मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन । क्षेत्र १ प्रतिनिधी सभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट पुर्व खानेपानीमन्त्री बिना मगरसंग एमालेका उम्मेदवार एव प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री तारालामा विच प्रतिस्पर्धा हुनेछ । प्रतिनिधी सभा सदस्यका लागि क्षेत्र २ बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट पुर्व सिँचाईमन्त्री एनपी साउद र एमालेका उम्मेदवार नर बहादुर धामीविच प्रतिस्पर्धा हुनेछ । धामी निर्वतमान संसद हुन ।
प्रतिनिधी सभा सदस्यका लागि क्षेत्र ३ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट पुर्वभौतिकमन्त्री रमेश लेखक र निर्वतमान संसद निरुदेवी पालविच प्रतिस्पर्धा हुनेछ । क्षेत्र १(ख)मा प्रदेश सभा सदस्यका लागि संविधान सभा सदस्य पुर्व संसद दिवान सिह विष्टसंग एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्टविच प्रतिस्पर्धा हुनेछ । क्षेत्र २ (ख)मा प्रदेश सभा सदस्यका लागि दुई संसद र एक पुर्वमन्त्रीविच प्रतिस्पर्धा हुनेछ ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट बहादुर सिह, एमालेबाट संविधान सभा सदस्य एव पुर्व संसद कृपाराम राना र समाजवादीबाट पुर्व प्रदेशका समाजिक विकासमन्त्रीविच प्रतिस्पर्धा हुनेछ । क्षेत्र ३(क) बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट संविधान सभा सदस्य एव संसद र नेकपा एकीकृत समाजवादीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीविच प्रतिस्पर्धा हुनेछ ।
प्रतिनिधी सभा सदस्यका लागि संघ सरकारका पुर्वमन्त्री त्रय मगर, साउद, लेखक, प्रदेश सरकारका पुर्व अर्थमन्त्री तामाङ्ग, निर्वतमान संसद धामी र पाल चुनावी मैदानमा होमिएका छन । प्रदेश सभा सदस्यका लागि पुर्व प्रदेशका मन्त्री खडका, प्रदेश सभा सदस्यकै लागि संविधान सभा सदस्य तथा पुर्वसंसद विष्ट, भट्ट, थापा, राना चुनावी मैदानमा उत्रिएका हुन । संघ र प्रदेशका उम्मेदवार चुनावी एजेण्डा लिएर ईतिहास दोहो¥याउन मतदाता माँझ गएर मत मागिरहेका छन ।
क्षेत्र १ मा पुर्वमन्त्री मगर जित दोहो¥याउने दाउमा छिन । भने प्रदेशका पुर्वमन्त्री तामाङ्ग संघको यात्रामा छन । मगरलाई काँग्रेसको साथ रहेको छ, भने तामाङ्गलाई एमालेकै नेता खेम सुवेदीको चुनौती छ । क्षेत्र १(ख)मा संविधान सभा सदस्य दिवान सिह विष्ट प्रदेश सभा सदस्यको यात्रा हुँदै मुख्यमन्त्रीको दौडमा छन, भने एमाले सचिव पल्लवराज भट्ट बेलौरी नगर प्रमुखमा पराजितसंगै प्रदेशको यात्रा तय गरेका छन । क्षेत्र २मा पुर्वमन्त्री एनपी साउदले तेस्रो पटक जितको यात्रा र निर्वतमान संसद नर बहादुर धामीले दोस्रो पटक संसदको दाउमा छन ।
क्षेत्र २(ख) मा संविधान सभा सदस्यद्वय थापा र रानाले प्रदेश सभा सदस्यको यात्रा, खडकाले जित दोहो¥याउने दाउमा छन । क्षेत्र ३मा पुर्वमन्त्री लेखकले तेस्रो पटक जितको दौडमा छन, भने पाल पहिलो पटक प्रत्यक्षबाट संसदको यात्रामा छिन । क्षेत्र ३मा लेखकलाई माओवादी र पाललाई राप्रपाको साथछ । क्षेत्र ३(क)मा संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्टले प्रदेश सभा सदस्यको यात्रा र बहालवालामन्त्री प्रकास रावलले जित दोहो¥याउने दाउमा छन ।
गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन क्षेत्र १मा काँग्रेस १८ हजार ६६३, एमाले १८ हजार, ५९९, माओवादी १५ हजार ८६१, समाजवादी ३ हजार ४९८ , राप्रपा २ हजार १सय र अन्य ४ हजार ६० मत पाएका थिए । क्षेत्र २मा काँग्रेस २२ हजार ४९९, एमाले १९ हजार २९२, माओवादी १३ हजार ४७८ , समाजवादी ४ हजार ६६७ , राप्रपा ३ हजार ७४६ , अन्य ३ हजार ७८२ मत ल्याएका थिए । क्षेत्र ३मा काँग्रेस २२ हजार ५८ , एमाले १५ हजार ८१६ , माओवादी ७ हजार ८८३ , समाजवादी २ हजार ५सय , राप्रपा ६ हजार २८० र अन्य २ हजार ४सय मत ल्याएका थिए ।
क्षेत्र १(ख)मा काँग्रेस ९ हजार ६६५, एमाले ९ हजार ८६०, माओवादी ७ हजार ३११, समाजवादी १ हजार ६४, राप्रपा ९०७ अन्य १ हजार ७४२, क्षेत्र २(ख)मा काँग्रेस १० हजार ८४५, एमाले ९ हजार ८२३, माओवादी, ३ हजार ९३८, समाजवादी ३ हजार ७६०, राप्रपा २ हजार २६६, अन्य १ हजार ५८७ र क्षेत्र ३(क)मा काँग्रेस ११ हजार ३९, एमाले ६ हजार ५३३, माओवादी २ हजार ३२५, समाजवादी २ हजार ७३, राप्रपा २ हजार ९७९ र अन्यले २सय ६५मत ल्याएका थिए ।
स्थानीय तह वडामा पाएको मतभार एव अहिलेको वर्तमान राजनीतिक परिवेस अनुरुप सत्तारुढ दल बाम लोकतान्त्रिक गठबन्धन बलियो देखिएको छ । उद्यपी कसले जित्ने भन्ने विषयमा ४ मंसिर पछि मात्रै एकिन हुनेछ । स्थानीय तह निर्वाचनमा (माओवादी–समाजवादी)विच चुनावी तालमेल हुँदा पुरै वडाहरुमा दुवै पार्टीका उम्मेदवार थिएनन । कञ्चनपुरमा ३ प्रतिनिधी सभा सदस्यका लागि ३० र ६ प्रदेश सभा सदस्यका लागि ५० जना उम्मेदवार चुनावी संघारमा होमिएका छन । संघ र प्रदेशका ९ जनप्रतिनिधीका लागि ३लाख, २५ हजार ९ मतदाताले आफुलाई मन परेका नेता छान्नेछन ।