बैतडीमा जिल्लामा नेकपा क्रान्तिकारी माओवादीको सान्तिपुर्ण निर्वाचन बहिस्कारमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बैतडी जिलामा क्रान्तिकारी माओवादीले निर्वाचन बहिस्कारका पोष्टर पर्चा लगाउने क्रममा जिल्ला सेक्रेटरी दिनेश राम ओड लाइ प्रहरीले पक्राउ गरेर  ४ घण्टा हिरासतमा राखेर मानसिक हातना दिएको भन्दै क्रान्तिकारी माओवादीले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनको बिरोध तथा भर्सना गरेको छ ।

क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराले एक प्रेस विज्ञप्ती जारी गरेर शान्तिपुर्ण रूपमा गरेका कार्यक्रममाथी हस्तक्षेप गर्नु पार्टीका कार्यक्रम बिथोल्ने काम गरेर प्रहरी प्रशासनले आन्दोलन चर्काउने दोन्द सिर्जना गर्ने काम गरेको भन्दै प्रहरी प्रशासनको निन्दा गरेको छ । अराजनीतिक गैरलोकतान्त्रिक कार्य तत्काल बन्द गर्न अभिव्यक्ति स्वतन्त्रता ,राजनीतिक पार्टीको आन्दोलन बिचार जनतामा सम्प्रेषण गर्ने कार्यमा अबरोध नगर्न स्थानीय प्रशासन र प्रहरी लाई सचेत गराएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती

विज्ञप्ति

नेकपा ( क्रान्तिकारी माओवादी ) ले आसन्न संसदीय निर्वाचन सशक्त बहिष्कारको निर्णय लिई आम जनसमुदायमा आफ्नो नीति यो दलाल प्रतिक्रियावादी संसदीय व्यवस्थाको चरित्र र नयाँ जनवादी क्रान्तिको तयारीको बिषयमा देशव्यापी रुपमा छलफल बहस, सभा , कोणसभा पर्चा पम्पलेट बितरण गर्दै आएको छ । सुदुरपश्चिम प्रदेशको मा २०७९/०७/३० बैतडी जिल्लामा शान्तिपूर्ण रुपमा भइरहेको बहिष्कार अभियानलाई अवरोध गर्ने पर्चा पम्पलेट खोस्ने जिल्ला सेक्रेटरी क दिनेशलाई नियन्त्रणमा लिई ४ घण्टा सम्म हिरासतमा राखि मानसिक दुख दिने दुस्प्रयास गर्ने कार्य प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।यस्ता अराजनीतिक गैरलोकतान्त्रिक कार्य तत्काल बन्द गर्न अभिव्यक्ति स्वतन्त्रता ,राजनीतिक पार्टीको आन्दोलन बिचार जनतामा सम्प्रेषण गर्ने कार्यमा अबरोध नगर्न स्थानीय प्रशासन र प्रहरी लाई सचेत गराउइन्छ ।

क चिन्तक
सेक्रेटरी
नेकपा ( क्रान्तिकारी माओवादी )
सुदुरपश्चिम प्रदेश समिति

 

 

 

प्रतिक्रिया दिनुस