कञ्चनपुर । आशन्न ४ मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट प्रशाद भट्ट पनि प्रदेश सभा सदस्यको यात्रामा छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३(क) प्रदेश सभा सदस्यका संविधान सभा सदस्य उम्मेदवार भएर प्रदेश सभा सदस्यको यात्रा छन ।

विज्ञानका विद्यार्थी भट्ट स्वच्छ छवी, युवा एव बालकदेखि नै राजनीतिमा सकृय रहेका भट्टका जित्ने आधार थुप्रै छन । राजनीतिक रुपमा लामो समयदेखि निरन्तर काम गरेका, अहिले काँग्रेसको साथ पाएका, माओवादी केन्द्रको सानै संगठन भएपनि नेता कार्यकर्ता सकृय रुपमा लागेका छन ।

निर्वाचन क्षेत्र ३(क) भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका प्रमोद जोशीले टेकेन्द्र भट्टको राजनीतिक संघर्षदेखि ईमान्दारिता स्वच्छ छवि युवा भएकाले उनलाई काँग्रेस, माओवादी सहितका सत्ता गठबन्धनको दरियो साथ रहेको बताए ।

‘टेकेन्द्र भट्ट न ब्यापारी हुन, न उद्योगी हुन, न कुनै उनको व्यवसाय पेशा छ, ‘उनले भने, ‘यस पटक मतदाताले समेत स्वच्छ छविका नेता छान्न चाहेका छन ।’ बेदकोट नगरपालिका ८ गैलनदीका रमेश धामीले टेकेन्द्र भट्टले जनताको उन्मुक्तिका लागि आफ्नो अध्ययन र व्यक्तिगत जिवनको कुनै प्रवाह नगरी राजनीतिमा होमिएदेखि संघर्ष गरेका भट्ट स्वच्छ छवि र कुनैपनि भ्रष्टाचार अनियमितता नमुछिएकाले उनीप्रति जनताको आकर्षण बढिरहेको बताए ।

भीमदत्त नगरपालिका ९ ब्रम्हेदबका रनीराम लुहारले दलित समुदायदेखि उन्मुक्तिका लागि टेकेन्द्र भट्टको त्याग तपस्या र बलिदानले आज सम्पूर्ण दलित समुदायको शिर डाडो परेको बताउँदै उनले समाज परिर्वतनका लागि भट्ट जस्ता उम्मेदवार पराजित हुनु सम्पूर्ण दलित समुदायदेखि उत्पिडीत समाज पराजित हुने बताए ।

‘अहिले एक पउवा दारुमासु दुई पैशा र ८, १० किलो चामल दालमा नझुलिनुहोस, ‘उनले भने, ‘वास्तविक जनजिविका क्षेत्रका काम गर्ने जननेताको पक्षमा कामगर्नुहोस ।’ भीमदत्त नगरपालिका १७ बाँसखेडामा गरिमा पालले अहिले देशभरी गठबन्धन भएकाले यस अघिका जनप्रतिनिधी, संसद मन्त्रीले जनताकै पक्षमा काम गर्छु भनेर जितेको बताउँदै मैले यो गरे, सो गरे भनेर प्रचारबाजी गर्नु जनता झुक्याउनु भएको बताउँछन । ‘पाँच बर्ष अघि हामीले विकास गछौँ भनेर नै भोट दिएका हौँ, ‘उनले भने, ‘आज आएर यो गरे सो गरे भनेर जनता झुक्याईरहेका छन ।’

उक्त प्रादेशिक निर्वाचन क्षेत्रमा भीमदत्त नगरका १२ वडा र बेदकोट नगरका १ वडा सहित १३ वडा रहेका छन । गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन मत परिमाण अनुरुप उक्त निर्वाचन क्षेत्रमा रहेका एक पालिका भीमदत्त सहित काँग्रेसले ९ वडा, नेकपा एमालेले २, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवदीले एक÷एक वडा जितेको छ ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तहमा वडामा पाएको निर्वाचन मत परिमाण अनुरुप काँग्रेसले ११ हजार ३९, नेकपा एमालेले, ६ हजार ५३३, माओवादी केन्द २ हजार ३२५, नेकपा एकीकृत समाजवादी २ हजार ३७, राप्रपा २ हजार ९७९ र अन्यले २सय ६५मत पाएका थिए ।

यद्यपी स्थानीय तह निर्वाचनमा माओवादी र समाजवदीविच चुनावी तालमेल भएका कारण अधिकाँस वडाहरुमा दुवैका उम्मेदवार उठाईएका थिएनन् । स्थानीय तह निर्वाचन चुनावी मत परिमाण अनुरुप सत्ता गठबन्धन पक्षमा १३ हजार २७४, विपक्षी गठबन्धन ९ हजार ५१२, समाजवादी २ हजार ३७ र अन्य २६५ मत नै रहेको पाईन्छ ।

स्थानीय तह मत परिमाण अनुरुप गठबन्धन भारी बलियो देखिएको छ । क्षेत्र ३(क)मा गठबन्धन भारी बलियो हुँदा टेकेन्द्र भट्टले ससदमा कमब्याक हुने समेत कतिपय बुद्धिजिवीको दावि छ । अधिल्लो निर्वाचनमा उक्त क्षेत्रमा ४२ हजार २५९ र अहिले ४६ हजार ५९४मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुस