बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो।

अन्दाजी २५ वर्षीय सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। उनले भने, ‘सुरेन्द्र बितिसक्यो, अरु स्थानीयहरु घाइते छन्। यहाँ अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ। स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।’

यस्तै उनकाअनुसार गोली चलेपछि ३ जना स्थानीय घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवल्दार कृष्ण कुँवर, पर्शुराम पाध्याया (स्थानीय) र खडक अएडी (स्थानीय) रहेका छन्। घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

प्रतिक्रिया दिनुस