Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the editorialmag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sagarmatha_hamrokalapani/web/hamrokalapanikhabar.com/public_html/wp-includes/functions.php on line 6121
बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना ६ जनाको मृत्यु उद्धार कार्य जारी – नेपालको विश्वासिलो डिजिटल पत्रिका – hamrokalapanikhabar.com

बैतडीमा प्रहरी बोकेको जिप सोमबार बिहान दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर जिपमा सवार रहेका मध्ये घटनास्थलमै ६ जना प्रहरीको मृत्यु भएको छ भने मृतकको पहिचान हुन बाकिँ रहेछ ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरुको भने पहिचान भएको छ ।

घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ

प्रतिक्रिया दिनुस