नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले युनिक नेपाल लघुवित्त संस्थाहरु माथि कार्वाही शुरु गरेको दावी गरेको छ । कैलालीकाे गाैरिगंगा नगरपालिका वडा नम्बर १ चाैमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाकाे कार्यलय तोडफाेड गरि सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटर समेत तोडफोड गरेको छ ।

नेकपा(बहुमत) ले लघुवित्त,वित्तीय संस्थाले गाउँ गाउँमा महिला समुह बनाएर नयाँ साहु महाजनको शैलिमा पैसाको व्यापार गरिरहेकाे हुदाँ कार्वाही गरेको विज्ञप्तीमा जनाएको छ । युनिक नेपाल लघुवित्त संस्थाले समुहमा ऋण प्रवाह गरिसके पछि जुन शिर्षकमा ऋण लिएको हो त्यही शिर्षक अनुसार काम गरे नगरेको अनुगमन,नियमन गर्नुको साटो आफ्नो संस्थाको जसरी नि किस्ता असुली गरेर संस्थाको हितमा मात्र केन्द्रित मात्रै गरेको,कैलालीका विभिन्न नगर,गाउँ बस्तीमा अर्धवार्षिक कलोजिङको नाममा ऋणिबाट गाइ,भैसी ,बाख्रा,कुखुरा कब्जा गरि ल्याउने घर जग्गाको फोटो खिचेर मानसिक तनाव डर धम्की दिने गरेको, एकातिर एकाधिकार पुँजिवादले धनी र गरिव बिचको खाडल झनझन बढाउदै लगेको अवस्थामा उसको पिछलग्गु बनेको,वित्तीय पुँजिको विकासले पुँजि केही मुठ्ठी भर मालिकको हातमा केन्द्रित गर्ने र जनता र रास्ट्रलाई कंगाल बनाउने गरेकोले नेकपा बहुमतले कार्वाही गरि नयाँ अनुहारका साहुमहाजनको पैसाको व्यापारलाई रोकि उत्पादन मुलक क्षेत्रमा लगानी गर्न वैज्ञानिक समाजवादी राज्यव्यवस्था र त्यो अनुरुपको समाजवादी अर्थ नीतिमा निमित्त लाग्न चेतावनी स्वरुप गरिएको बताएको छन् ।

किन गर्यो कार्वाही यस्ता छन कारणहरु  ।
“१. गौरीगंगा १ निवासी रेश्मा चौधरीलाई मानसिक यातना दिई आत्महत्या गर्न वाध्य पारेकोले,
२. समुहमा ऋण प्रवाह गरीसकेपछि जुन शिर्षकमा ऋण लिएको हो त्यही शिर्षक अनुसार काम गरे नगरेको अनुगमन नियगमन नगरी कर्जा लगानी गरेकोले,
३. अर्धवार्षिक क्लोजिङको नाममा विभिन्न ऋणीहरुवाट गाई, भैसी, बाख्रा, कुखुरा कब्जा गरी ल्याउने, घरजग्गाको फोटो खिचेर मानसिक तनाव डर धम्की दिने गरेको व्यापक जनगुनासो तथा निवेदन आएकोले,
४. लघुवित्तिय संस्थाको नाममा गाँउ गाँउमा महिला समुह बनाएर नयाँ साहुमहाजनको शैलीमा अवैध पैसाको व्यापार गरेकोले, ५. ३५, १५,७ दिने सुचना विना घरमा गुण्डागर्दी शैलीमा गालीवेज्जत गर्दै तालावन्दी गरेकोले,
६. वस्ने घरको कोठामा ताला लगाई बालबच्चा सहित सम्पूर्ण परिवारको विचल्लि बनाएकोले,
७. हाल सम्म पनि पिडित पक्षलाई उचित क्षतिपूर्ति उपलव्ध नगराएकोले,
८. पिडित पक्षले लगाएको तालावन्दी प्रशासन लगाएर तोडेकोले,
९. प्रशासन लगाएर ने.क.पा.(बहुमत) का कार्यकर्ता गिरप्तार गराएकोले”

प्रतिक्रिया दिनुस