नेपाल को राजनिती मा पटकपटक सत्ता उलटपलट भैराख्ने अभ्यास जारी नै छ , हुनत यो अभ्यास नेपाली राजनितीमा मात्रै नभई अन्तरास्ट्रिय जगतमा पनि त्यो भेटिन्छ तर भने नेपाली राजनितीमा चाहिँ बढि भएको देखिन्छ ,केही समय पहिला पनि  पुष्पकमल दहाल प्रचण्डले आमूल परिवर्तनको नारा लगाए तर व्यवहारमा गर्न त्यति नै सकस भएको स्पष्ट छ।

सायद आज प्रचण्ड स्वयम यो कुरा भनिरहेका देखिन्छन् पनि र यो समस्याको मुख्य कारण पात्रहर नभएर व्यवस्था नै गलत भएको पुष्टि हुन्छ । वर्तमान संसदीय व्यवस्था भनेको खसिको मासु झुन्ड्याएर कुकर को मासु बेच्ने थलो हो , जस्तै: सत्ता प्राप्तिका लागि यो संसदीय राजनितीक दलहरुले सुखि नेपाल, सान्ति नेपाल र समृद्ध नेपालका नारा लाएर जान्छन तर व्यवहारमा भने त्यसको ठिक्कै उल्टो हुने गरेको छ र त्यो कुरा तपाई हामी सबैले नभोगेको कुरा पनि हैन पानी मा मिसावट भएको तेल जस्तै छर्लङ्ग भएको छ ।

पुन अहिले पनि जनताहरुको यो व्यवस्थाबाट पाउनुपर्ने आधारभुत सेवा सुबिधाबाट पनि बञ्चित भए अनि राष्ट्रमा राजनीतिक अस्थिरता,बढ्दो महङ्गाई, कालो बजारी,भ्रष्टाचार,दादागिरी गुण्डागर्दि जस्ता हर्कत हरु जनता माझ आए पछि जनताहरु यो व्यवस्था प्रति निकै असन्तुष्टि पोखिरहेका छन र त्यो केही हद सम्म स्वभाविक पनि हो , अनि जनताहरु यो वा त्यो रुपमा यो व्यवस्था प्रति असन्तुष्ट भएका छन र जनताहरु आक्रोशित पनि छन , जनताहरु यो व्यवस्था को विकल्प को खोजिमा छन , ठ्याक्कै यसै सिलसिलामा रवि लामिछाने एक अमेरिकी नागरिकको रुपमा त्यो देशमा बसोबास गरिरहेका तर केही समय अघि मात्रै आएर नेपाल मा पत्रकारिता क्षेत्रमा आएर राम्रैसँग स्थापित भए केही समाजिक कामहरु गरे पनि उनी पछिल्लो समय पत्रकारिता क्षेत्र त्यागेर उनी नेपाली राजनिती मा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर राजनिती मा होमिएका छन, नेपाली जनताहरु यो व्यवस्था प्रति आक्रोशित छन र उनलाई जनताहरुले यो व्यवस्था भित्रका पात्रको विकल्प मात्रै देखेका हुन,जनताहरुको आक्रोश लाई बलुटेर उनी राजनितीमा हावि हुदै गएका देखिन्छन जनताको आक्रोशको प्रतिनिधित्व गर्ने कुरा कदापि राम्रो होईन उनलाई ठिक पनि लाग्ला तर यो कुरा नेपाली जनताहरु र नेपाल का लागि दिर्घकालिन रुपमा ठिक होइन ।

जनताहरुको भावना माथि खेलवाड गर्ने कुरा राम्रो होईन । यहाँ समस्या को मुख्य जड भनेको वर्तमान दलाल पुजीवादी संसदीय व्यवस्था हो ,पात्र खराव भएका तत्कालीन कांग्रेस का पार्टी सभापति गिरिजा प्रसाद कोईराला का ठाउमा जनयुद्ध लडेका प्रचण्ड छिरे यो व्यवस्था भित्र उनको हालत अहिले कता जाउ के गरौ भन्नु भएको छ , त्यो अवस्था रवि लामिछानेको नआउला भन्न सकिन्न। किनकि यो व्यवस्था को उपज हो , संसदीय व्यवस्था भनेको बहुमत र अल्पमत को डिल गर्ने काउण्टर पनि हो , तसर्थ अहिले पात्र फेरिए पनि यहाँ फेर्नु पर्ने व्यवस्था हो व्यवस्था परिवर्तन नहुदा सम्म जनताहरुका आधारभुत आवश्यकता र समस्या समाधान पनि हुदैनन् झन बलिया रुपमा हावि हुन्छन्  । लेखक नेकपा बहुमत पार्टीका कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव युवा नेता दिपेन्द्र ऐरी हुन ।

प्रतिक्रिया दिनुस