कञ्चनपुर । यस पटकको पनि निर्वाचन सकिएको एक साता भयो, कञ्चनपुरबाट ६ प्रदेश सभा सदस्य ३ प्रतिनिधी सभा सदस्य निर्वाचित भएका छन । तर, पनि आरक्षपीडित ढुक्क भने छैनन । किनकी हरेक निर्वाचनमा आरक्षपीडितको चुनावी एजेण्डा मात्रै बनाएका दल, तिनका उम्मेदवारले यस पटक पीडितको सम्बोधन गर्ने अन्तिम प्रतिबद्धता जाहेर गरेका छन । दुई दशक अघि तत्तकालिन सरकारको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा जिल्लाका विभिन्न बस्ती विस्थापित ग¥यो ।

तर, दुई दशक वितिसक्दा पनि सरकारले कञ्चनपुुरका आरक्षपीडितको पुर्नस्थापना गरेको छैन । पीडितको पुर्नस्थापनाका लागि ३१ औँ आयोग बनायो, आयोगलाई अधिकार नदिएपछि आयोग बन्दै गए, पीडितको पुर्नस्थापना हुन सकेन । आरक्षविस्तार पछि मुलुकमा ६ पटक निर्वाचन भए, सबै निर्वाचनमा राजनीतिक दल, तिनका उम्मेदवारले आरक्षपीडितको न्यायिक पुर्नस्थापना गर्ने एजेण्डा बनाएपनि समस्या समाधान गरेनन् । अन्तिम पटक आरक्ष विस्तार ०५८सालमा गरिएको थियो ।

निकुञ्ज भित्रको तत्तकालिन रौतेलिविचुवा, पीपलाडी सहितका गाविसबाट नागरिक विस्थापित गरेर ऐलानीमा बस्दै आएका बेलडाँडी, बेलौरी, सुडा, देखतभूली, वाणी, दैजी, झलारी क्षेत्रमा बस्दै आएका नागरिक उठाएर निकुञ्जबाट विस्थापितलाई जमिन दिए । उतिबेला सरकारले खाली जमिन भन्दा पनि नागरिकले उपभोग गर्दै आएको जमिन खोसेर निकुञ्जबाट विस्थापितलाई जमिन दिए एकातिर ऐलानीमा बस्दै आएका नागरिक र अर्कातिर जसलाई उठाएको हो, उनै नागरिकमाथि सरकाले घात ग¥यो ।

निकुञ्ज विस्तार त्यहाँबाट विस्थापितलाई बस्दै आएका नागरिककै जमिन खोसेर दिएपछि नागरिक नागरिक लडाउने काम गरे । ०५८सालदेखि ०७९सम्म आईपुग्दा मुलुकमा पाँच पटक निर्वाचन सम्पन्न भएर छैटौँ पटक निर्वाचन भईरहेको छ । सबै निर्वाचनमा दल र तिनका उम्मेदवारले जसरी पनि आरक्षपीडितको पुर्नस्थापना गर्ने एजेण्डा बोक्छन, चुनाव जितेपछि उक्त एजेण्डा कार्यान्वयन नगरेको पाईन्छ ।

०६४मा पहिलो संविधान सभा निर्वाचन, ०७०मा दोस्रो संविधान निर्वाचन, ०७४ असारमा स्थानीय तह, ०७४मै प्रदेश तथा प्रतिनिध सभा निर्वाचन । गत बैशाखमा स्थानीय तह निर्वाचन र अहिले ४ मंसिरमा फेरी प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन हुुँदै छ । अहिले पनि दल र तिनका उम्मेदवारले १५ बर्ष अघि ०६४देखि यता सबै निर्वाचनमा उठाउँदै आएका आरक्षपीडितका चुनावी एजेण्डा दोहो¥याउँदै निरन्तरता दिएका छन । यस पटक भने आरक्षपीडित विगतदेखिका निर्वाचनमा ठगिदै आएपछि कुनैपनि दलका एजेण्डामा विश्वस्त छैनन् ।

बेलडाँडीबाट विस्थापित आरक्षपीडित पदम सिह महताले तत्तकालिन सरकारले हात्ती लगाएर घरबार उजाडेर विस्थापित गरेको स्मरण गर्दै २१ बर्षसम्म पनि कुनै पहल समेत नगरेको दुखेसो पोखे । ‘हामी विस्थापित भएपछि देशमा ६ पटक निर्वाचन भईरहेको छ, ‘उनले भने, ‘निर्वाचनका बेला दलहरु तपाईहरुको हामी जितेपछि पुर्नस्थापना गछौँ, भनेर आश्वासन दिन्छन, जान्छन, चुनाव जिते फर्किदैनन ।’

रौतेलीविचुवाबाट विस्थापित पदमा सुनारले चुनावका बेलामा मात्रै राजनीतिक दल, उम्मेदवार आश्वासनका पोका लिएर शिबिरमा आउने गरेको बताउँदै चुनाव सकिएपछि अर्को पटक मात्रै बस्तीमा आउँने गरेको दुखेसो पोखिन । ‘सबै चुनावमा भोट दिनुहोस, जिताउनुहोस हामी तपाईको समस्या समाधान गछौँ भन्छन, हामीले पनि काँग्रेस, एमाले, माओवादी सबैलाई मत हालेर जिताए, कोही वडा सदस्य, अध्यक्ष, उपप्रमुख, प्रमुख, प्रदेश र संघका संसद मन्त्री भए नेताको जिवनमा परिर्वतन आयो, ‘उनले भनिन, ‘हामी अहिलेसम्म झुपडीका झुपडीमै बसेका छौँ ।’

शुक्लाफाँटा नगरपालिका १२कालागौडीका आरक्षपीडित रमेश चौधरीले भएको जमिन सरकारले खोसेपछि मजदुरी र अधिया गरेर गुजारा चलाईरहेको बताए । ‘जमिन थियो, सरकारले खोस्यो, अहिलेसम्म दिएको छैन, ‘उनले भने, ‘संकटकालको मौका छोपी विस्थापित भएका हामी मुलुक सघीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा हाम्रा पीडा उस्तैछन ।’ आरक्षपीडित अगुवा गोबिन्द नेपालीले दलहरुले चुनाव जितेपछि गम्भिर नहुँदा हरेक निर्वाचनमा चुनावी एजेण्डा बनाउने तर जितेपछि समस्या समाधान नगर्ने भोट बैकका रुपमा प्रयोग गरेको दुखेसो पोखे ।

‘६÷६ पटक निर्वाचन हुँदै छ, ‘उनले भने, ‘हाम्रो भोटले पालिका, प्रदेश संघसम्म जनप्रतिनिधी हुन्छन, हाम्रो पीडा बुझदैनन् ।’ दलहरुमा ईच्छा शक्ति भए यो जिल्लाको टिपिकल समस्या भएको समाधान गर्न चाहे १महिनामै हुने बताए । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले यस अघिका निर्वाचनमा काँग्रेस, एमाले, माओवादी, समाजवादी, राप्रपा, माले सहितका राजनीतिक दल, सहित अन्य उम्मेदवारले चुनावी मुद्दा बनाउने तर चुनाव पछि भुल्ने प्रवृती हावि भएको बताए ।

‘चुनावका बेला नेता आउँछन, समस्या समाधान गछौँ भन्छन, ‘उनले भने, ‘चुनाव पछि वास्ता नै गर्दैनन्ु ।’ पुर्नस्थापनाका लागि स्थानीय स्तरदेखि केन्द्रसम्म आन्दोलन गर्दा समेत कुनै सुनुवाई नभएको दुखेसो पोखे । ‘चुनाव बेला दल र चुनाव पछि सकारले आश्वासन दिन्छन, ‘अध्यक्ष भण्डारीले भने, ‘हामीलाई त आश्वासन मात्रै पाईन्छ, अब त आशै मरिसक्यो ।’ अध्यक्ष भण्डारीका अनुसार २ हजार ४७३ परिवारले परिचय पत्र पाएका छन । ‘केहीलाई सरकारले परिचय पत्र दिएको छ, ‘उनले भने, ‘केही पहिचान हुन बाँकी छन ।’

पुर्नस्थापना नहुँदा जिल्लाका विभिन्न स्थानमा शिबिर बनाएर नरकिय जिवन विताउन बाध्य भएको अध्यक्ष भण्डारीले बताए । ‘एकातिर जगली जनावरको आतङ्क अर्कातिर विद्युत विस्तार नहुँदा बर्षातमा सर्पको त्रास बर्षभरी अध्यारोमै जिवन काटुनुपर्ने हाम्रो बाध्यता छ, ‘उनले भने, ‘दल र तिनका नेताले नागरिको पीडा गम्भिर रुपमा नलिदा समस्या जस्ताको तेस्तै रह्यो ।’

आरक्षपीडितले यस पटक आश्वासन नभई समस्या समाधान गर्न सक्ने भएमात्रै बस्तीमा आउन अनुरोध गरेका थिए र ४ मसिरमा हुने प्रदेश संघ निर्वाचनमा सहभागि राजनीतिक दल काँग्रेस, एमाले माओवादी,समाजवादी, राप्रपा सहितका दलले फेरीपनि आरक्षपीडितको पुर्नस्थापना गर्ने एजेण्डा लिएका थिए । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ र २ प्रतिनिधी सभा सदस्यका उम्मेदवारद्वय पुर्वमन्त्री बिना मगर र एनपी साउदले यस पटक बाम लोकतन्त्रिक गठबन्धनले जिते पीडितको पुर्नस्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

चुनावी सभा सम्बोधन गर्दै पुर्वमन्त्री एनपी साउदले अर्को पटक आरक्षपीडित बस्तीमा आफ्नो मात्र नभई कुनैपनि दलको एजेण्डा नबन्ने गरी समस्या समाधान गर्ने बताए । यस्तै अर्की पुर्वमन्त्री बिना मगरले पनि अर्को चुनावमा आरक्षपीडितको समस्या समाधान गर्ने गरी पुर्नस्थापनका लागि काम गर्ने बचन दिएकी छिन । ए्रमाले क्षेत्र २ प्रतिनिधी सभा सदस्यका उम्मेदवार नर ब. धामीले पीडितको पुर्नस्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

यस अघि आरक्षपीडित आयोगको अध्यक्ष समेत रहेका समाजवादी क्षेत्र २(ख)का उमेदवार लाल बहादुर खडकाले पीडितको पुर्नस्थापनाका लागि पहल गर्ने प्रण गरेका छन । कञ्चनपुरका दल एव उम्मेदवारले छैटौँ पटक पनि चुनाव एजेण्डा बनाएर अब समस्या समाधान गरिहाल्ने प्रतिज्ञा, प्रण, बचन एव प्रतिबद्धता जाहेर गरेपनि व्यवहारिक रुपमा पुर्नस्थापनाको कार्य अघि नबढुन्जेलसम्म पीडित भने विश्वस्त छैनन । निर्वाचन कञ्चनपुरका सबै प्रदेश तथा प्रतिनिधीले पीडितको सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस