कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय (साधारण स्कुल)को बार्षिकोत्सव एव अभिभावक दिवस सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रमका विच विद्यालयले ४६ औँ बार्षिकोत्सव एव अभिभावक दिवस मनाएको हो ।

बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक ललित सिह साउदले विद्यालयको शैक्षिक भौतिक प्रगति प्रतिवेदन प्रंस्तुत गर्दै विद्यालयले प्राविधिक धारतर्फ समेत पढाई संचालनदेखि शैक्षिक गुणस्तर बृद्धि भईरहेको बताए । प्रअ साउदले विद्यालयले भौतिक एव शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि थप पहल गरिने बताए । विद्यालयका लेखापाल महानन्द पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भीमदत्त नगरका उपमेयर निलक लेखक(जोशी), मेयर पदम बोगटी, प्रतिनिधी सभा सदस्य एव पुर्वमन्त्री रमेश लेखकले विद्यालयको बृद्धि विकासका लागि सहयोग गर्ने बचन दिएका छन । कार्यक्रममा प्रअ प्रंअ ललित सिह साउद, उकामान्त भट्टलाई दिर्घ सेवा पदक र २५ बर्ष सेवा पुगेका भवानी चन्द, पुष्पा भट्ट(जोशी), बसुन्धरा भट्ट, रमेश कुमार जोशीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिमको लोक संस्कृति झल्किने, जनचेतनामुलक नृत्य एव नाटक प्रंस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक प्रअ सरस्वती भाट(धामी) र शिक्षक भुवन पाण्डेले संचालन गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, अभिभावक, विद्यार्थी सहित सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस