काठमाडौं । उद्योगी, व्यापारी, व्यवसायी, किसान, मजदुरहरुमाथि लादिएको बैंकको चर्को व्याज विरुद्ध नेकपा(क्रान्तिकारी माओवादी) निकट “राष्ट्रिय उद्योग तथा व्यापार महासंघ”ले ११ बुँदे माग सहित सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघले शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरि एक विज्ञप्ति जारी गर्दै विभिन्न ११ मागहरु राखेको हो ।विज्ञप्तिमा भनिएको छ,“सरकारको अदुरदर्शिताका साथै बैंकको चर्को ब्याजका कारण उद्योगी–व्यवसायीहरु आफ्नो व्यवसाय अस्तव्यस्त भई आत्महत्या सम्म गर्न बाध्य भएकोले श्रमजीवी वर्गको यो अवस्थाप्रति गम्भीर बन्दै हाम्रो महान तथा गौरवशाली संगठन राष्ट्रिय उद्योग तथा व्यापार महासंघको केन्द्रीय समितिको यहि पुस १५ गते संगठनका संयोजक जितेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले सरकार तथा सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको व्याजदरलाई उचित न्यूनीकरण गरि १ अंकमा कायम गरियोस् , स–साना व्यवसायीहरुलाई सहजताका साथ व्यापार गर्ने वातावरण निर्माण गरियोस् ,उत्पादनमूलक उद्योगलाई न्यून व्याजदरमा बैंकहरुको लगानी गर्ने वातावरण बनाइयोस् लगायत ११ बुँदाहरु विज्ञप्तिमा समेटिएको छ ।

प्रतिक्रिया दिनुस