कञ्चनपुर, असोज ३ ,कञ्चनपुरको महेन्द्रनगरमा मुख्य कार्यालय स्थापना गरेर बैकिङ्ग कारोबार गर्दै आएको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड ११ औँ बर्षमा प्रवेश गरेको छ । बैंकले आज १० औँ बार्षिकोत्सव मनाउदैे छ ।स्थानीयको रकम संकलन गरेर स्थानीय स्तरमै लगानी गरिरेहको बैकले छोटो अवधिमै पाँच जिल्लाका १७ स्थानमा शाखा विस्तार गरेको छ । बार्षिकोत्सवको पुर्व सन्ध्यामा बैंकले विभिन्न समाजिक क्षेत्रमा सहयोग गरेको छ । कञ्चन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयका कार्य संचालन विभाग प्रमुख जगत कुमार महतराले रौटेला स्थित बृद्धआश्रममा साईकल स्टेन्ट निर्माणका लागि समितिलाई रकम सहयोग गरेको बताउनुभयो । उनका अनुसार महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरिएको छ । भने महाकाली बाल अञ्चल अनाथालयमा सहयोग केही रकम नगद सहयोग गरिएको छ भने आजै बार्षिकोत्सवका अवसरमा रक्तदान लगायतका कार्यक्रम गरिएको छ । जेहेन्दार विद्यार्थीलाई छात्रबृति, उत्कृष्ठ कर्मचारीलाई पुरस्कार वितरण गरिनेछ । कार्य संचालन विभाग प्रमुख महतराका अनुसार पाँच जिल्लाका विभिन्न ग्रामीण भेगसहितमा बैकिङ्ग सेवा विस्तार भएको छ ।
कैलाली–कञ्चनपुरका सात स्थानमा शाखा विस्तार भएका छन् । कञ्चनपुरको महेन्द्रनगर, बेलडाँडी, बेलौरी, गुलरिया, पुर्नवास, दैजी, भलारी र कैलालीको धनगढी, अत्तरिया, सुख्खड, बहुनिया, लम्की, टिकापुर र पहलवानपुरमा शाखा विस्तार भएको छ ।
यस्तै डडेल्धुरा, बैतडी र डोटीमा एक एक शाखा विस्तार भएका छन् । “सुदूरपश्चिमको आर्थिक विकासको सहयात्री” भन्ने मुल मन्त्रका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैसी द्धारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा ग्राहक महानुभाव, नेपाल राष्ट्र बैंक, सम्पूर्ण शेयरधनी महानुभावहरु, संचालक समितिका सदस्यहरु तथा समस्त शुभेच्छुकहरु प्रति बैंकको कार्यकारी प्रमुखको हैसियतले हार्दिक कृतज्ञता प्रकट गदैै बैकंलाई हालको यस अवस्था सम्म पु¥याउन योगदान गर्नुहुने मेरा समस्त निष्ठावान कर्मचारीलाई धन्यवाद दिईएको छ ।
ग्राहकमुखी बैंकिङ् गतिबिधिलाई समयानुकुल आवश्यकता अनूरुप परिमार्जन एवं आधुनिकिकरण गर्दै यस बंैकलाई “सुदुरपश्चिमको प्रतिनिधि बंैक” को रुपमा स्थापित गर्ने लक्ष्य रहेको जनाईएको छ ।
आगामी दिनहरुमा पनि निरन्तर माया एंव सद्भावको पुर्ण अपेक्षा राख्दै अत्याधुनिक बैकिङ्ग पद्दतीद्धारा समयानुकुल सेवा सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जाहेर गरिएको छ ।

प्रतिक्रिया दिनुस