काठमाडौं असोज ३ ,संविधानको विरोधमा नेकपा क्रान्तिकारी माओवादी निकटको आदिवासी जनजाति महासंघ, लगायतका मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले काठमाडौंमा बिशाल प्रदर्शन गरेका छन् । उनीहरुले असोज तीन गतेलाई कालो दिन भन्दै काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका बिभिन्न क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा कोणसभा पनि गरेका छन।

विरोध र्‍यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका थिए । संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुस