कञ्चनपुर असोज ४ , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका -१ बन्शाहमा रहेको रामजानकी ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाको आर्थिक बर्ष ०७५/०७६ को आर्थिक गतिविधिको प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रतिवेदनमा आव.०७५ मा संस्थाको आय. ३१,४५,३५९ रहेको छ भने खर्च १७,९२,०३४ रहेको प्रतिवेदनले देखाएको छ। साथै आव . ०७५/०७६मा संस्थाले १३,५३,३२५ बैक मौजदात राख्न सफल भएको छ । संस्थाको आय /व्यय आर्थिक प्रतिवेदन संस्थाका लेखा संयोजक नरेन्द्र प्रसाद भट्ट प्रस्तुत गर्नुभएको थियो । सभापति राम बहादुर महरा चिन्तक कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर विशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिका -१ का अध्यक्ष हरिश बिष्ट अतिथि शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य पर्मानन्द जोशी , अतिथि शिद्ध बैजनाथ माध्यमिक विद्यालय का प्रधानाध्यापक धन शिह महरा , अतिथि सृजना सामुदायिक वन का अध्यक्ष शुवर्ण बिष्ट लगायत स्थानीय संघ संस्थाका प्रतिनिधि रहेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव पुष्प राज जोशीले गनुभएको थियो । कार्यक्रममा शुभकामना मनतव्य संस्थाका सदस्य आन सिह धामीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐरले बन्शाहका लागि रामजानकी ग्रामिण बिधुत सहकारी संस्थालाई नगरपालिका बाट एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न बचन दिएका छन । संस्थाले गरेको आर्थिक मितव्यईता र आर्थिक पारर्दसिता गरेकोमा धन्यवाद दिदै शुक्लाफाँटा वार्ड -१ बन्शाहको विकासका लागि नगरपालिका बाट बजेको व्यबस्थापन गर्न कुनै किसिमको कसुर नगरी चाडै विकास निर्माणका लगि स्थानिय सरकार लागि परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुस