काठमाडौं असोज ५ , यस वर्ष नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई दशैमा नयाँ नोट वितरण गर्न बन्द गर्ने निर्णय गरेको छ । करोडौं रकम खर्च गरेर छापिएको नोट दशैंमा सर्वसाधारणले असावधानी पुर्वक प्रयोग गर्दा नोटको आयु घट्ने भएको भन्दै राष्ट्र बैंकले यसो गर्ने तयारी गरेको बताएको छ ।
बैंकका प्रवक्ता लक्ष्मी प्रसन्न निरौलाले दशैमा नयाँ नोट वितरण गर्दा हिफाजत नहुने र नोट बिग्रिएर देशलाई नै ठूलो धनराशी क्षती हुने भएकोले यस्तो योजना बनाइएको बताए । निरालाले भने नेपाल राष्ट्र बैंकको वर्षमा ३ अर्ब भन्दा माथि नोट छपाईमैं खर्च हुने गरेको छ ।

प्रतिक्रिया दिनुस