कञ्चनपुर जसोज ६ यस बर्ष कञ्चनपुरमा अबिरल बर्षा भएन् । असारदेखि भदौँसम्म जुन मात्रामा बर्षा हुनुपर्ने हो, त्यो पनि भएन् । तर, कञ्चनपुरको उर्बराभूमी क्षयिकरण भईरहेको छ । चुरे भएर दक्षिणतिर बग्ने साना तथा मझौला खोलानदीका कारण उर्बराभूमी क्षयिकरण भईरहेको छ । खोला तथा नदीले कञ्चनपुरको बर्षनी निजी, सार्वजनिक जमिन क्षयिकरण गरिरहेको छ । तर, क्षयिकरण रोक्नका लागि भने प्रभावकारी कार्यक्रम हुन सकेको छैन् । बर्षनी खोलानाला नदीको कटानी नियन्त्रणका लागि तटबन्ध, तारजाली लगाएपनि कटान, पटान एव क्षयिकरण रोकिन नसकेको हो ।

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले गत आर्थिक बर्षमा मात्रै कञ्चनपुरका विभिन्न खोला नदीका झण्डै १२ करोडको तटबन्ध गरेको थियो । जनताको तटबन्ध कार्यालयले समेत महाकाली दोदामा करोडौँका तटबन्ध निर्माण गरेपनि कटानी भने रोकिएको छैन् । जनताको तटबन्ध कार्यालयले कञ्चनपुरका दशकको अवधिमा ३० किलोमिटर तटबन्ध निर्माण गरेको छ । गत बर्ष मात्रै जनताको तटबन्ध कार्यालयले दोदा र महाकालीमा ११ करोडको तटबन्धन गरेको थियो । यसरी सरकारी निकायबाट कटानी रोक्नका लागि प्रयास हुँदाहुँदैपनि कटानी भने रोक्न सकिएको छैन् । उत्तर चुरे, महाभारत पर्वत, लिम्पिया धुराबाट बग्ने नदी खोलाका कारण बर्षनी कञ्चनपुरमा सयौँ विगाह जमिन कटानी भईरहेको छ । कुन बर्ष कति कटानी वा क्षयिकरण भयो भन्ने एकिन तथ्याङ्क राख्ने कञ्चनपुरमा निकाय नै छैन् । दुई बर्ष अघि स्थापना भएको भू–क्षयिकरण कार्यालय समायोजनसंगै कञ्चनपुरबाट हटेको छ । जिल्लाको जोगबुढा, महाकाली, दोदा, स्याली, चौधरी, सुनबरा नदी र खन्यखोला, झर्नाखोला, मुसेपानीखोला, कामिकाटे खोला लगायतका साना तथा ठुला खोलाले क्षयिकरण गरिरहेको छ । क्षयिकरण भन्नाले समान्य अर्थमा साविक जमिन कटानी गरेर नदी तथा खोलाले आफुसगै लग्ने हो ।
यहाँबाट क्षयिकरण भएको माटो अन्तिममा समुद्रमा पुग्ने स्थानीयको भनाई छ । बेदकोट नगरका स्थानीय राजुराम सार्कीले चुरे भएर बग्ने चौधर नदिले बेदकोटको चुरे दक्षिणको जमिन कटानी गरिरहेको बताए । उनका अनुसार विगतका बर्षहरुमा जस्तो भारी बर्षा नभएपनि चौधर नदीले बेदकोट नगरपालिका–४ बैतडा सार्कीपार्की टोल क्षेत्रमा कटानी गरेको बताए । सार्कीका अनुसार उत्तरे भुल, करन भुल र धुव्रे भूल सहितका स्थानीयको डेढ विगाह जमिन दुई दिनमै बगाएर लगेको छ । ‘चौधर नदीको उच्च जोखिममा यो सार्कीपार्की टोल छ, ‘उनले भने, ‘बर्षनी कटानी हुँदा बस्ती विस्थापितका साथै उर्बराभूमी वालुवाका परिणत हुँदैछ ।’
चुरेबाट बग्ने खन्यखोलाका कारण भीमदत्त नगरपालिका–२ उल्टाखाम क्षेत्रमा जमिन पटानी गरिदिएको छ । स्थानीय अम्बादत्त तिवारीका अनुसार नदीले उत्तरी भेगबाट माटो बगाएर ल्याएर स्थानीयको खेतमा थुपारिदिएको बताए ।
‘जमिन पटानी भएको छ, ‘माटै माटाले भरिएको खेतीयोग्य जमिन वालुवामा परिणत भयो ।’ महाकाली नगरपालिकामा हिउँदै जोगबुढा नदीले कटानी गर्दै आएको छ । महाकाली नगरालिका–१० कुतियाकबरका स्थानीय भारमल सुनारले हिउँदै कटानी गर्ने जोगबुढाले बर्षातमा समेत कटानी गरिरहेको बताए । महाकाली नदीले भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीको उर्बराखेती वालुवामात्र नभई ढुङगामा परिणत गरिदिएको छ ।
स्थानीय पार्वती बोहरा सहितको दर्जनौँ स्थानीयको खेत ढुङगामा परिणत भएपछि स्थानीय विस्थापित भएका छन् । दोदा नदीका कारण सिङ्गो लालझाडी गाउँपालिका कटानीको उच्च जोखिममा छ ।
लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले यस बर्ष नदीमा वाढि नआएपनि कटानी शुरु गरिएको बताए । उनका अनुसार लालझाडी गाउँपालिका–४ सिकलपट्टी जाई क्षेत्रमा कटानी शुरु भएको छ ।
यस बर्षमात्रै दोदाले १० विगाह भन्दा बढि जमिन कटानी गरेको छ । गाउँपालिका अध्यक्ष बडायकले ०६५ देखि दोदा नदीमा बर्षनी आएको वाढीले दशक ०७५ को अवधिमा ३ हजार विगाह जमिन कटानी गरेको अनुमान लगाए । ‘०६५ उता धेरै वाढि आएन्, कटानी पनि भएन, ‘गाउँपालिका अध्यक्ष बडायकले भने, ‘यता ०७५ सम्म करिब दोदा नदीले सबै गरेर तीन हजार विगाह जमिन कटानी गरेको हुनुपर्छ ।’
खोला नदीले नजानिदो तरिकाले बर्षनी क्षयिकरण गरिरहेको छ । एक हजार ६१० वर्ग किलोमिटरमा फैलिएको कञ्चनपुर बर्षनी हजारौँ विगाह जमिन क्षयिकरण हुँदा कालान्तरणमा मरुमूमीमा परिणत हुने चिन्ता गरिएको छ । उत्तर भएर दक्षिण बग्ने नदीखोलाका कारण कटानी र क्षयिकरणले कुनैदिन सबै नदीखोलाको मिलन हुने चिन्ता गरिएको छ ।
भूक्षयिकरण रोक्नका लागि डिभिजन वन, जनताको तटबन्ध एव सिँचाई डिभिजन सहित केही स्थानीय तह प्रत्यक्ष लागेपनि वातावरण बिनासका कारण क्षतिकरण नरोकिएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय वातावरण सकायका विद्यार्थी टेकेन्द्र पाठकले बताए । वातावरण विभाग छैठौँ सेमेष्टरका विद्यार्थी पाठकले चुरेको दोहन, वन विनासका कारण क्षयिकरण नरोकिएको बताए ।
वातावरणका विद्यार्थी पाठकले खाना पकाउन दाउरा, अवैध रुपमा खोलानाला उत्खनन्ले क्षयिकरण भईरहेको बताए ।चुरे क्षेत्रमा लक्षित गरेर जनचेतनामुलक कार्यक्रममा जोडदिए । राज्यले प्रभावकारी नीति बनाएरै अघि बढ्न नसके कञ्चनपुर कटानीको उच्च जोखिममा पर्ने बताए । कटानीसंगै उर्बराभूमी नासिदा खाद्यान्नमा समेत संकट गर्ने उनको भनाई छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत महेश्वरी भट्टले वातावरण संरक्षणका लागि गत बर्ष जिल्लामा ५ लाख बृक्षारोपण गरिएको बताए । ‘हामीले वातावरण संरक्षण एव सन्तुलनका लागि बिरुवा उत्पादन गछौँ, ‘उनले भनिन, ‘त्यो बिरुवा खाली जमिन, खोला नाला क्षेत्रमा रोप्छौँ ।’ वातावरण संरक्षणका लागि दुई चार निकायमानै अग्रसर भएर समेत नपुग्ने भएकाले आम नागरिक समेत जिम्मेबार बन्नुपर्नेमा संरक्षणकर्मीको सुझाव छ ।

प्रतिक्रिया दिनुस