कञ्चनपुर असोज ६ ,कञ्चनपुरको दैजी–बेल्डाँडी सडकखण्ड अन्र्तरत बल्मा नदीमा निर्माण हुन लागेको पुलको ठेक्का पाएको ठेकेदारको चरम लार्पबाही र सरकारी उदाधिशनताका कारण जनतालाई ज्यानको बाँजी थापेर यात्रा गर्नु पर्ने बाध्यता अझै हटेको छैन् ।
निर्माणको जिम्मा पाएको एमएसकेएस एडभेन्चर नन्देगडा जेभीको चरम लार्पबाही र सडक ठेक्का दिने सडक डिभिजन कार्यालय महेन्द्रनगरको उदाशिनताको कारण जनतालाई ज्यानको बाँजी थापेर यात्रा गर्नु परेको बाध्यता कायमै छ ।
अहिले पहाडी जिल्ला सहित चुरे क्षेत्र कञ्चनपुरमा परेको बर्षाका कारण नदीमा पानीको वहाव बढेपछि दक्षिणी क्षेत्रका जनता मारमा परेका छन् ।
एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले नदीमा पुल निर्माणको आर्थिक बर्ष २७ पुष, ०७२ देखि जिम्मा पाएपनि चार बर्षसम्म चार मात्रै पिलर खडा गरेको छ । बाँकी पुलको काम गर्न छाडेर ठेकेदार फरार भएका छन् ।
सरकारले ठेकेदारलाई रकम दिएपनि समयमै काम नगरिदिदा जनताले दुख खेप्नु परेको छ ।भने, काम नगर्ने ठेकेदारलाई काममा लगाउन नसक्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरका कारण बर्षनी जनतालाई दुख भोक्नु परेको छ ।
पानी वढ्दा ५० रुपैयादेखि १०० रुपैया तिरेर मोटरसाईकल र अटो तराउनुपर्ने बाध्यता छ । स्थानीय युवकले उक्त रकम लिएर यात्रुका साईकल, मोटरसाईकल, अटो तराईरहेका छन् । चार बर्ष अघि निर्माण शुरु गरेको ठेकेदारको लार्पबाहीका कारण अझैपनि जनताले रकम तिरेर नदी गर्नुपर्ने बाध्यता छ । पिलरसंगैको पुरानो सडकमा दिनहुँ सवारी साधन बिग्रीदा यात्रुलाई झन सास्ती खेप्नु परेको छ ।
नदीमा पुल निर्माणका लागि चार पिलर गाडिएका छन् । तर, यात्रु पुलको पखाईमा छन् । सो पुल निर्माणको सम्झौता सकिएको २० महिना वितिसक्दा पनि कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी सडकखण्ड अन्र्तरत बल्मा नदीमा निर्माण हुन लागेको पुल अझै पुरा भएको छैन् ।
सडक डिभिजन कार्यालय महेन्द्रनगर र निर्माण कम्पनीको चरम लार्पबाहीका कारण सम्झौता सकिएको २० महिनासम्म पनि पुल निर्माण हुन नसकेको हो । चार बर्षमा चार पिलर मात्रै खडा गरिएका छन् । पुल निर्माणले गति नलिदा यात्रुले जोखिम मोलेर यात्र गर्नु परेको छ ।
चार बर्ष अघि पुल निर्माणको जिम्मा पाएको एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसंग ०७४ पुष २६ गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, सम्झौता सकियो, अहिलेसम्म पनि पुल नबन्दा दक्षिणी क्षेत्रका जनतालाई दैनिक आवत जावतमा समस्या भएको छ ।
पुल नबनेपछि बर्षातको समयमा आवत जावत नै बन्द हुने गरेको छ । नदीमा पानीको वहाव बढेपछि वारपार गर्न सकिदैन, पुलको तल रहेको स्लेभ समेत टुटफुट भएपनि झन जोखिम बढेको छ । ७ महिनादेखि पुल निर्माणको काम पुर्ण ठप्प भएको छ । निर्माण कम्पनी र सडक डिभिजन कार्यालय महेन्द्रनगरवीच २०७२ पुष २७ गतेदेखि निर्माणको काम शुरु गरि २०७४ पुष २६ गतेसम्म पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो ।
९७ मिटर लम्बाई ११ मिटर चौडाईको पुल निर्माणका लागि ८ करोड, ४७ लाख बराबर लगायतको स्टमेट गरिएपनि निर्माण कम्पनीले ६ करोड, ८० लाख रुपैयामा सम्झौता गरेको थियो ।
असोज लाग्दा समेत पानी भरिएर जनतालाई आवत जावत गर्न समस्या भएको छ । पुल निर्माणको काम रोकिएपछि स्थानीयले ठेकेदार भागेको आरोप लगाएका छन् । बेल्डाँडीका स्थानीय एक नेकपा निकट विद्यार्थी नेता कैलाशचन्द्र गिरीले निर्माण व्यवसायी र सरकारी निकाय सडक डिभिजन कार्यालयले चरम लार्पबाहीका कारण जनतालाई सास्ती खेप्नु परेको बताए । उनका अनुसार ठेकेदार वा सडक डिभिजन कुन निकायबाट कमजोरी भएका हो, त्यसको छानबिन हुनुपर्नेमा जोडदिए ।
‘सरकारले ठेक्का दिन्छ, ठेक्का सम्झौता अनुसार काम हुँदैन्, ‘उनले भने, ‘सबैतिर कमिसन वितरण गर्नुपर्छ, निर्माणको काम आफै ढिलासुस्ती भयो ।’ अहिले बर्षातमा नदी आएका बेला आवत जावत पनि ठप्प भएको बताउदै उनले ठेकेदारले काम गर्न छाडेर फरार भएको बताए । ‘पुल बनिरहेको थियो, ‘उनले भने, ‘ यस पटकको बर्खामा पुलबाटै यात्रा गर्न पाईने आशा थियो, तर त्यो आशा निरासामा परिणत भयो, फेरीपनि तलबाटै जोखिमपुर्ण यात्रा गर्नु परेको छ ।’ शुरुवाती चरणदेखि नै निर्माणका लार्पबाही भएको उनले भनाई छ ।
निर्माण कम्पनीले सम्झौता अनुसार काम गर्न नसक्दा दुई पटक म्याद थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी लक्ष्मण दत्त जोशीले कार्यालय र ठेकेदार कम्पनीबाट स्टमेटमा त्रृटी हुँदा निर्माणमा ढिलाई भएको स्र्वीकार गरे ।
उनले नयाँ स्टमेट अनुसार ठेकेदार कम्पनीले काम नगरिदिदा ढिलाई भएको बताए । ‘हाम्रो तर्फबाट शुरुमा केही प्राविधिक कमिकमजोरी भयो, ‘उनले भने, ‘त्यसपछि ठेकेदार कम्पनीले पुरानै स्टमेट अनुसार काम गर्दा समस्या भयो ।’
शुरुको ठेक्कामा कम परिमाण थियो, अहिले केही बृद्धि भएकाले निर्माण कम्पनीले बखेडा झिकेर काम रोकेको उनले बताए । तर, कार्यालयले निर्माण कम्पनीसंग ताकेता गरिरहेको सुचना अधिकारी जोशीले बताए । उनका अनुसार भदौँदेखि निर्माण कम्पनीले कार्यालयसंग काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
एमएसकेएस एडभेन्चर नन्देगडा जेभीका संचालक धुव्र कुँवरले विभिन्न कारणबाट निर्माण कार्य ढिलाई भएको स्र्वीकार गरेका थिए । उनले कार्यालय सहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले ६ महिना काम रोकेको बताउदै उनले नाकाबन्दी, पुलको डिजायन परिर्वतन अनुसार काम गर्दा ढिलाई भएको बताएका थिए ।
पुलको डिजायन परिर्वतन, पहिले नभएका टेष्ट गनुपर्ने, पानीको पनि टेष्ट गर्नुप¥यो भएकाले समस्या भएको बताएका थिए । कार्यालयबाट काम अनुुसार भुक्तानी नपाएको गुनासो पोख्दै कुँवरले भुक्तानी अनुसार काम गर्ने बताएका थिए ।
बषौँदेखि पुलको अभाव खेप्दै आएका दक्षिणी क्षेत्रका स्थानीयले भने जनताको विकास निर्माणमा वेवास्ता नगर्न समेत आग्रह गरेका छन् । सबै निकायले जिम्मेबारीपुवर्क कर्तव्य निर्बाह गर्नुपर्नेमा स्थानीयले जोडदिएका छन् । राज्यबाट जनताका लागि विनियोजित सेवा सुविधामा दोहन नगर्न समेत आग्रह गरेका छन् । पुल निर्माणमा काम काट्ने तरिकाले कमसल गुणस्तरहिन काम गरेर त्यसका बिरुद्धमा अख्तियार धाउने लगाउने कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
हिँउदमा धुलाम्मे, बर्षातमा हिलाम्मे सडकले समग्र दक्षिणी क्षेत्रका जनताको दैनिक जिवनस्तरमा असर पु¥याउनका साथै कञ्चनपुरको विकास निर्माणमा समेत बाधा उत्पन्न गरेको छ । स्थानीयले यस बर्ष जे भएपनि भयो, तर अर्को बर्षातमा पुल निर्माणमा जोडदिएका छन् । समयमै पुल निर्माण नगरे ठेकेदार र सरकार बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुस