काठमाडौं असोज ६ , राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको कक्षा ११ को परीक्षाफल भोली मंगलबार प्रकाशित गर्ने जनाएको छ । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यस् वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्न लागको छ ।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलका अनुसार भोली मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी बोर्डले गरेको छ । परिक्षाफल प्रकाशित गर्ने सम्बन्धमा आन्तरिक तयारी पूरा भएको पनि उनले बताए ।

बोर्ड अन्तर्गतको परिक्षा नियन्त्रण कार्यालयले भोली दिउसो परीक्षाफल प्रकाशित गर्ने गरी अहिले अन्तिम ट्याली गरिरहेको छ । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो ।यो वर्ष ११ कक्षाको बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित भएको परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुस