नवलपरासी असोज ७, नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा गय राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कारलाई ठक्कर दिएको हो ।
ठक्करबाट कारमा सवार ५ जना पुरुषको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको छ । बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन ।ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कारका यात्रुहरुको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । दाउन्ने न्यूज बाट

प्रतिक्रिया दिनुस