भुवन भट्ट
महेन्द्रनगर असोज ७ ,सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसको मानविकि तथा सामाजिक संकायका विभागिय प्रमुख माथी नेपाली कांग्रेश निकट विद्यार्थी सँगठन नेविसंघले कालोमसि दलेको छ । संकाय प्रमुख खगेन्द्र जोशीमाथी कालोमसी दल्नुका साथै कार्यालयमा तोडफोड गरेको हो । मंगलबार बिहान एकाएक कार्यालयमा आएको ८–९ जनाको अज्ञात समुहले आफुमाथी आक्रमण गर्नुका साथै कार्यालय सामाग्री टोडफोड गरेको, कुर्षि भाचेको विभागिय प्रमुख जोशीले बताए । उनले विश्वविद्यालयमा अध्ययनरत अराजक समुहरुले शिक्षक नियुक्तिको विषयलाई लिएर आफुमाथी आक्रमण गरेको हुन सक्ने बताए । उनले कालोमासो दल्ने तथा हातपात गर्ने माथी कानुनि प्रक्रिया अगाडी बढाईएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विश्वविद्यालयमा टोडफोड गरेको भन्दै एकजना लाई नियन्त्रणमा लिएको जनाएको छ । एसपि दिनेश आर्चायले विश्वविद्यालयको मानविकि संकाय तथा पुस्तकालयमा तोडफोड गरिरहेको अवस्थामा एकजनालाई नियन्त्रमा लिईएको बताए । यद्धपि घटनाको विषयमा थप बुझिरहेकाले नाम खोल्न नमिल्ने उनले बताए । मानविकि संकायका प्रमुखले मनोमानी गरेको नेविसंघको आरोप । टोडफोडको जिम्मा लियो नेपाली कांग्रेश निकट विद्यार्थी सँगठन नेविसंघले मानविकी संकायका प्रमुखले नियमावली बमोजिम एक जना अध्यापक नियुक्ति गरेकाले सो खारेजी गरिनुपर्ने भन्दै विज्ञप्ती जारी गरेको छ । नेविसंघको सुदुरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले मंगलबार दिउँसो प्रेस विज्ञप्ती जारी गर्दे प्रक्रिया विपरीत एकजना अध्यापक नियुक्तिको विषयमा विभागिय प्रमुख सँग छलफल गर्न जाँदा आफुहरुमाथी दुव्र्यहार गरिएको भन्दै आपत्ति जनाएको छ । नेविसंघका विश्वविद्यालय संयोजक कैलास चन्दले परीक्षा नियन्त्रण कार्यालयकि एकजना कर्मचारीलाई प्रक्रिया विपरीत मानविकि संकायमा अध्यापनका लागि दिईएको नियुक्तिका विषयमा बुझ्न खोज्दा आफुहरुमाथी दुव्र्यवहार साथै गाली गलौज गरेकाले आक्रोसित विद्यार्थीहरुको समुहले जोशीमाथी आक्रमण गरेको बताए । उनले सो आक्रमणको नेविसंघले जिम्मा लिएको बताउदै अब उप्रान्त अध्यापक नियुक्तिमा प्रक्रिया सँगत ढङ्गले आवेदन तथा विज्ञापन खोलिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुस