रसुवा असोज ७, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले देशै भरी संगठन बिस्तारको अभियान संञ्चालन गरिएको छ । आज संगठनबिस्तार अभियान अन्र्तगत श्री कालिका हिमालय मावि , द्यैवुङ कालिका स्थान रसुवामा अखिल क्रान्तिकारीको ३१ सदस्यीय इकाई समिति गठन भएको छ । सिरिमाया तामाङको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष जीवन नेकोर, सचिव डोल्मा स्याङवा, सहसचिव अन्जु ठोकरा, कोषाध्यक्ष सर्विश तामाङ लगायत २६ सदस्य रहेका छन् ।
उक्त कार्यक्रमलाई अखिल क्रान्तिकारीको ३ न.प्रदेश संयोजक शिलु न्यौपानेले संवाधोन गर्दै रसुवा जिल्लालाई अखिल क्रान्तिकारीको किल्लाको रुपमा निमार्ण गर्नु पर्नेमा जोड दिइन । शिक्षालाई मौलिक हक अन्तर्गत संविधानमा व्यवस्था गरिए पनि गरीव जनताका छोराछोरीहरुले निशुल्क शिक्षा प्राप्त गर्न आन्दोलन सिर्जना गर्नु पर्ने वाध्यात्मक अवस्था रहेकाले वर्तमान शिक्षामा व्याप्त माफियाकरण, नीजिकरणको अन्त्य गर्न नेकपा  क्रान्तिकारी माओवादीको भात्री संगठन अखिल क्रान्तिकारीले मात्र सक्ने वताएकी छन् । साथै कालिका हिमालय मा.वि.का नवगठित इकाई समितिका जुझारु विद्यार्थीहरुको साथविना अखिल क्रान्तिकारी अधुरो हुँने भएको कारण अव जनताका छोराछोरी अखिल क्रान्तिकारीमा संगठित भई राष्ट्रियताकोे पहरेदार वन्नु पर्ने बताएकी छन् । सो कार्यक्रममा के।स। शोभा सेन्चुरीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस