क्ञ्चनपुर असोज ७ ,महेन्द्रनगरमा नेपाली काँग्रेस पार्टीको विरोध ¥यालीसंगै जागरण अभियान समापन गरिएको छ । सोमवार नेपालीको काँग्रेसको दोस्रो चरणको जागरण अभियानको समापनमा जिल्ला कार्यसमिति कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको बृहत बिरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेता भट्टराईले कम्यूनिष्ट सरकारले ठूलो भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका हुन । बिगतका दिनमा कम रहेको भ्रष्टाचार कम्यूनिष्ट सरकार सत्तामा आएसंगै ह्वातै बढेको उनको दाबी छ ।

देशमा बिकराल समस्याका रुपमा खडा भएको भ्रष्टाचारमा संलग्न भ्रष्टचारीहरुलाई सरकारले कारबाही गर्नको सट्टा काखी च्यापेर बसेको काँग्रेस नेता भट्टराईको आरोप छ । ‘हिजोका दिनमा हजारमा भ्रष्टाचार भएको सुनिने गरेको थियो । हाल त्यो बढेर अर्बौँमा पुगेको छ ।’ उनले भने, ‘वर्तमान सरकार अर्बौँ भ्रष्टाचार गर्नेलाई कारबाही गर्दैन ।’ उनका अनुसार हजारको भ्रष्टाचार गर्ने कर्मचारीलाई कारबाही गर्न कम्यूनिष्ट सरकार तयार छ तर सिंहदरबारमा रहेका ठुला भ्रष्टाचारीलाई कारबाही गर्न निरिह बनेको छ । ठूला माछाको खोजिमा रहेको अभिव्यक्ति दिने गृहमन्त्री राम बहादुर थापा बादललाई काँग्रेस नेता भट्टराईले भने, ‘ठुला भ्रष्टारीलाई हेर्नलाई बिदेश जानु पर्दैन, क्याविनेटतिर फर्किएर हेरे हुन्छ ।’ नितिगत रुपमा भ्रष्टाचार गर्ने भ्रष्टाचारका ठुला माछाहरु सिंहदरबारभित्र नै सरकारको संरक्षणमा रहेको उनको आरोप छ ।

दुई तिहाइको सरकारप्रति जनताहरुले गरेको आशा सरकारका पछिल्ला गतिविधिले गर्दा निराशामा परिणत भएको उनको ठहर छ । यस्तै नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान समेत सम्पन्न भएको छ । मंगलवार जिल्ला सदरमुकाम महेन्द्रनगरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले बिशाल बिरोध ¥याली निकालेर जागरण अभियान सम्पन्न भएको काँग्रेस कञ्चनपुर सभापति हरिप्रसाद बोहराले जनाए । काँग्रेस जिल्ला कार्यसमितिको महेन्द्रनगरस्थित कार्यालयबाट सुरु भएको बिशाल बिरोध ¥याली महेन्द्रनगर बजार परिक्रम गर्दै मुख्य बजार चोक मदन चोकमा गएर बिरोध सभामा परिणत भएको थियो । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला सङघलगायतका भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध युवा तथा असङ्गठित युवाको सहभागितामा बिशाल ¥याली निकालिएको हो ।

¥यालीका क्रममा सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो । बिरोध सभालाई जिल्लास्तरका नेताका साथै केन्द्रबाट आएका नेताहरुले वर्तमान सरकारका कामकाजका बारे धारणा राखेका थिए । गत भाद्र २४ देखि सुरु भएको हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान मंगलवार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुस