कञ्चनपुर असोज ८ ,सरकारी एव सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षिका आन्दोलित भएका छन् । तलब बृद्धिको माग राख्दै कञ्चनपुरका बाल विकासका शिक्षिका आन्दोलित भएका हुन् ।सरकारले चालु आर्थिक बर्ष २०७६÷०७७ मा अन्य सरकारी कर्मचारी एव शिक्षकका लागि तलब बृद्धि गरेपनि आफुहरुको तलब बृद्धि नगरेको भन्दै भीमदत्त नगरपालिका कञ्चनपुरका बालविकासका शिक्षिका आन्दोलनमा उत्रेका छन् ।
उनीहरुले भीमदत्त नगरपालिकामा गएर प्रर्दशन एव आफ्ना माग सम्बोधन गर्न जनप्रतिनिधीसंग छलफल एव भेटघाट गरेर दवाव दिईएका छन् । दुई तिहाईको कम्युनिष्ट निमुखाको सरकार भन्नेहरुले नै आफुहरुको श्रमशोषण हुँदा पनि पीडा नबुझिदिएको भन्दै उनीहरुले सरकारप्रति रुष्टता देखाएका छन् । अन्र्तराष्ट्रिय श्रम संगठनको निमय अनुसार न्यूनतम पारिश्रमिक पाउनुपर्ने भएपनि मासिक ६ हजारमा श्रम गरिरहेको उनीहरुले पीडा पोखेका छन् ।
नेपाल बाल विकास शिक्षक संघर्ष समिति भीमदत्त नगरका अध्यक्ष दुर्गा विष्टले देशका तीन तीन सरकार हुँदा पनि कुनैपनि सरकारले आफुहरुको पीडा नबुझेकाले नजिकको सरकार भीमदत्त नगरपालिका भएकाले स्थानीय सरकारमा आएर आन्दोलन गरिरहेको बताए । पाउने तलबले मासिक नुन खान समेत नपुग्ने उनले दुखेसो छ ।
नेपाल बाल विकास शिक्षक संघर्ष समिति कञ्चनपुरका सचिव लक्ष्मी पाण्डेयले पारिश्रमिक बृद्धिका लागि पटक पटक स्थानीय, प्रदेश र संघीय सरकारसंग ज्ञापन पत्र, छलफल भेटघाट गर्दा पनि आफुहरुको माग बारे कुनै सुनुवाई नभएको गुनासो पोखिन् । ‘हाम्रो पारिश्रमिक भन्न पनि लाज लाग्छ, ‘उनले भनिन, ‘अहिले ६ हजारले के नै हुन्छ रु’ भोट माग्ने बेला यिनै नेताहरुले तपाईको व्यवस्थापन गर्छु भने, अहिले देशका कम्युनिष्ट सरकार छ, जो निमुखा र गरिब वर्गको हितमा कामग गर्छु भन्छ, त्यही सरकारले हामी जस्ता निमुखा कर्मचारीका लागि केही नगरेको उनको आरोप छ । श्रम शोषण गरिरहेको बताउदै उनले सरकारप्रति आक्र्रोस पोखे । कुनै प्रदेश र स्थानीय तहले समेत आफ्नै स्रोतबाट बालविकासका शिक्षिकाहरुका लागि तलब थप गरेको भन्दै यस्तै भीमदत्त नगरपालिकाले गर्नुपर्नेमा उनले जोडदिईन् । नेपाल बाल विकास शिक्षक संघर्ष समिति प्रदेशका उपाध्यक्ष रमा उपाध्यायले सरकारले बालविकासका शिक्षक एव विद्यालय कर्मचारीको पीडा नबुझिदिदा समस्या भएको बताए ।

‘काम गर्दा गर्दै जिन्दगी नै वित्न लाग्यो, हाम्रो पीडा उस्तै छ, ‘उनले भनिन, ‘कम्युनिष्ट सरकारले हाम्रो पीडा बुझिदिएन् ।’ केन्द्रमा समेत पटक पटक माग राख्दा समेत सरकार उच्च पदाधिकारीले माग बारे सम्बोधन गर्ने भन्दै आवश्वासन मात्रै दिने गरेको उनीहरुले बताए । तलब बृद्धि नगरेर चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । देशभरी ३६ हजार बाल विकासका शिक्षिका रहेको भन्दै उपाध्यक्ष उपाध्यायले कर्तव्य निर्वाह गर्दागर्दै पनि सरकारले पीडा नै नबुझिदिएको दुनासो छ । श्रमका आधारमा पनि निजामति कर्मचारी जस्तै विद्यालयमा काम गर्दै आएका बालविकासका शिक्षिकाको बृद्धि विकासका लागि सरकारले रतीभर नसोचेको बताए । उनले कर्मचारीविचको चरम असमानताले समाजवाद नभई निरासावाद मात्रै आउने चिन्ता व्यक्त गरिन् । अन्य निजी क्षेत्र लगायतको तलबको तुलनामा सरकारी शिक्षिकाको तलबले सरकारकै लागि लाजमर्दो विषय भएपनि सरकारले पचाएर बसेको उनको भनाई छ । देशभरीका बालविकासका कर्मचारीले पाउने तलबको दशौँगुना रकम भ्रष्टाचार भईरहेको भन्दै उनीहरुले आफुहरुको पारिश्रमिक बृद्धिका लागि सरकारले कन्ज्युस्यायी गरेको टिप्पणी गरेका छन् ।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिप्रशाद जोशीले बालविकासका शिक्षिकाको माथिबाट तलब बृद्धिको परिपत्र नआएकाले साविक तलब अनुसारै चालु आर्थिक बर्षको चौमासिक तलब निकासा गरिएको बताए । ‘बाल विकासका शिक्षिकाको तलब बृद्धि सरकारले गर्नुपर्ने हो, ‘उनले भने, ‘नगरपालिकाले होईन् ।’ बाल विकासका शिक्षिकाले न्यूनतम मासिक १८ हजार तलबको माग राखेका छन् । स्थानीय, प्रदेश एव संघीय जुन सरकारले बृद्धि गरेपनि गर्नुपर्नेमा जोडदिएका छन् ।
यही कम्युनिष्ट सरकारले गत आर्थिक बर्षदेखि बालविकासका शिक्षिकालाई लुगा र प्रदेश सरकारले प्रोत्साहन भत्ता बाफत बार्षिक १०÷१० हजार रकम दिदै आएको छ । तर, पनि शिक्षा क्षेत्रका विज्ञहरुले तलब बृद्धिको विकल्प नरहेको भन्दै सरकारले सुझाव दिएका छन् । प्रारम्भिक बाल कक्षाका शिक्षिकाहरुको पारिश्रमिक एव शैक्षिक विकासका लागि तलबका साथै अन्य सेवा सुविधा सरकारले बृद्धि गर्नुपर्नेमा सुझाव दिदै आएका छन् । तलब बृद्धि नगरे देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुस