कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि  बेदकोट नगरपालिकाले नगरपालिका भित्रका सबै शिक्षण संस्था बन्द गरिएका छन् ।

बेदकोट नगरपालिका अन्र्तगतका विद्यालयका प्रधानाध्यापकहरुको माग अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् ।

चिसोका कारण बिध्यार्थीलाइ विध्यालय जान आउन र पठनपाठनमा वाधा भएपछि प्रधानाध्यापकहरुले भेला गरी नगरपालिकालाई विद्यालय बन्दको माग गरेका थिए ।

उनीहरुको मागपछि नगरपालिकाकाले यस वर्षको बाँकी विदाबाट कटौती हुने गरी हिउँदै विदा दिइएको शिक्षा शाखाका शाखा अधिकृत मन्जु थापाले सूचना सार्वजनिक गरी जानकारी गराएकी छन् ।

यस्तो छ बिदाको सूचना

 

प्रतिक्रिया दिनुस