कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरमा नदीजन्य पदार्थ उत्खनन् प्रकरणमा स्थानीय र नगरपालिकाविच सहमती हुन सकेको छैन । नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८०मा नदीजन्य पदार्थ उत्खनन् बाफत रोयल्टी संकलनका लागि ठेक्का लगाएसंगै स्थानीय आन्दोलित भएका छन ।

स्थानीयले वडा, नगरपालिकामा ज्ञापन पत्र सहित बिरोध प्रर्दशन गरेका छन । तैपनि नगरपालिका र स्थानीयविच सहमती हुन नसकेको हो । मंगलबार नगरपालिका घेराउका लागि पालिका आएका स्थानीयलाई मेयर रण बहादुर हमालले स्थानीयले उठान गरेका मुद्दाबारे आफु सकारात्मक भएको र तटबन्ध, सडक निर्माण ष्रिने बताएका छन ।

मेयर महराले नगरको आन्तरिक आम्दानी बृद्धिका लागि आब्हान गरिएको ठेक्का बनहारा र अनौखी खोलाको मात्रै ठेक्का भएको बताउँदै आन्दोलनमा अन्यन्त्र गाँउका जनता आन्दोलनमा आएको बताएका छन ।

नदीजन्य पदार्थ उत्खनन् पीडित संघर्ष समितिका संयोजक रुकुम सिह ठगुन्नाले मेयर रण बहादुर महराले जनतासामु लिखित प्रतिबद्धता जाहेर नगरेपछि आन्दोलन नरोकिएको बताए । ‘मेयर सापले मौखिक प्रतिबद्धता जाहेर गरेका छन, ‘उनले भने, ‘लिखित गरेका छैनन ।’

तटबन्धनको सुनिश्चितता बिनै नगरपालिकाले उत्खनन् गर्ने कार्यबाट ठुलो विपद् निम्तिने भएकाले त्यसलाई रोक्नुपर्ने माग अघि सारेर वडा र पालिकामा ज्ञापन पत्र बुझाएको बताउँदै उनले आन्दोलन कुनैपनि हालतमा नरोकिने बताए ।

‘हामीले यो क्षेत्रमा बषौँदेखि जैविक तटबन्धन बनाएर बस्ती जोगाएका थियौँ, ‘उनले भने, ‘अहिले नगरपालिकाले एक्कासी आएर उत्खनन् कार्य गरिरहेको छ ।’ संयोजक ठगुन्नाले तटबन्ध निर्माण गरिनुपर्ने, सडक कालोपत्रे गरिनुपर्ने, रोयल्टी बाफत ५० प्रतिशत रकम समुदायलाई दिनुपर्ने र समग्र बस्तीको सुरक्षाका लागि योजना अघि नबढाएसम्म आन्दोलन नरोकिने बताए ।

‘हाम्रो आन्दोलन कुनै व्यक्ति, जनप्रतिनिधी विशेष होईन, ‘उनले भने, ‘समग्र गाँउबस्तीको विपद् जोखिम न्यूनिकरणका लागि हो ।’ नगरपालिकाले बनहरा अखौनी सहितका स्थानीय खोला नदीनालाबाट नदिजन्य पदार्थ ढुङगा, गिटी र वालुवा बाफत रोयल्टी संकलनका लागि गणपति कस्ष्ट्रक्सन प्रालिले ६८ लाख १३ हजारमा ठेक्का लगाएपछि स्थानीय आन्दोलित भएका छन ।

माग सम्बोधन नभए फेरी मंगलबारदेखि नगरपालिका केन्द्रीत आन्दोलन गर्ने तयारी रहेको छ । शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले यस अघि उक्त खोलानालाबाट अवैध रुपमा उत्खनन् भईरहेको बताउँदै यस पटक वैधानिक रुपमा नगरपालिकाले आन्तरिक आयका लागि ठेक्का लगाएको बताए । मेयर महराले अहिले बेलडाँडी, पिल्लरी क्षेत्रमा उत्ख्नन गरिने बताउदै अर्को बर्ष पारीफाँटा सहित धारापानीमा उत्खनन् गरिने बताए ।

प्रतिक्रिया दिनुस