कञ्चनपुर । कञ्चनपुरमा मानवमाथि जंगली हात्तीको आक्रमण रोकिएको छैन । जंगली हात्तीको बथानले अन्नबाली, भौतिक संरचनाका साथै मानवमाथि निरन्तर आक्र्रमण गरिरहेको छ । गत २० मंसिरमा जंगली हात्तीको आक्रमणमा परी बेदकोट नगरपालिका १ हात्तीथलाकी ६९ बर्षिया हिरादेवी सार्कीको मृत्यु भयो ।

हात्तीले मानिस मारेको उक्त घटना एक महिना पुरा नहुँदै १९ पुषमा शुक्लाफाँटा नगरपालिका १२ कालागौडीका ४४ बर्षिया युवक जित बहादुर भाटमाथि आक्र्रमण गरेको छ । भाटको ज्यानै लिने गरी आक्र्रमण भएपनि भाट भाग्यले गम्भिर घाईते भएका छन ।

एकमात्रै बयस्क हात्ती गाँउ पसेर भाटको घरमा क्षति पु¥याउनुका साथै भाटलाई लखेटीलखेटी घाईते बनाएको हो । बेलौरी–कलुवापुर सडकखण्ड अन्र्तरगत कालागौडी गाँउमा भाटको घरमा मंगलबार बिहान ७ बजेतिर आएको हात्तीले घरमा क्षति पु¥याउनका साथै भाटलार्ई सडकपारीसम्म लखेटेर घाईते बनाएको घर परिवारले बताएका छन ।

हात्तीको आक्र्रमणमा परी घाईते भएका भाटको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घाईते भाटका दाजु राम बहादुर भाटले बिहान घरकै आँगनमा आएको हात्तीले घर भत्काउन शुरु गरेसंगै भाग्ने क्रममा लखेटेर घाईते बनाएर छाडेको बताए ।

‘हात्ती देखेर घरबाट भाग्ने क्रममा हात्तीपनि भाईको पछि गएर सडकपुर्वतिर खाडलमा पु¥याएर छाड्यो, ‘उनले भने, ‘त्यसपछि हात्ती नजिकै उखुबारीमा पस्यो हामी अस्पतालतिर आयौँ अहिले भाईको उपचार भईरहेको छ ।’ हात्तीको आक्र्रमणमा परी भाटको छाती, हात, खुट्टामा चोट लागेको छ ।

यस विचमा जंगली हात्तीले कञ्चनपुरका विभिन्न गाँउबस्तीमा अन्नबाली एव भौतिक संरचनामाथि क्षति पु¥याएको छ । भारतीय दुधुवा नेशनल पार्कबाट लालझाडी हुँदै कञ्चनपुरका वन, निकुञ्जबाट गाँउबस्तीमा प्रवेस गर्ने हात्तीले मानवमाथि आक्र्रमणका साथै अन्नबाली भौतिक संरचना ध्वस्त गरिरहेको छ ।

पुष पहिलो साता लालझाडी गाँउपालिका ४ जाईका मिना साउद, हरिलाल राना, केशरबती रानाको घरमा क्षति गरेको थियो । भने पुष दोस्रो साता पुनर्वास नगरपालिका ९ सिताबस्तीका केही स्थानीयको अन्नबाली नष्ट गरिदिएको छ । हात्तीले समान्य क्षति हुने सिलसिलेबार चलिरहेकै छ ।

सिताबस्तीका प्रेम बिष्टको १० कट्ठाको उखु, पदम परियार राजेन्द्र सुनार डल्ले सुनार, धनु सुनार, नारायण वड र कलक बिकको १०÷१० कट्ठा, पदम विकको १ विगाह, डिल्ली कोली र सूर्य बिक लगायत किसानको गहुँ बाली नष्ट गरेको गरिदिएको स्थानीयले बताएका छन ।

पछिल्ला बर्षहरुमा हात्तीले कञ्चनपुरमा मानविय सहित भौतिक, अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय त्रसित भएका छन । जंगली हात्तीबाट हुने क्षतिको न्यूनिकरणका लागि सम्बन्धीत निकायबाट प्रभावकारी पहल नहुँदा हात्तीले निरन्तर आक्र्रमण गर्दै आएको छ ।

पुनर्वासका हात्ती पीडित पदम सुनारले पछिल्ला बर्षहरुमा जंगली हात्तीको आक्र्रमण नरोकिएपछि आफुहरु सबैभन्दा बढि मारमा पर्दै आएको बताए । ‘हामी हात्ती आउने मुल बाटोमा छौँ, ‘उनले भने, ‘हात्तीबाट हुने क्षति रोक्न कुनैपनि निकायबाट पहल हुँदै, खाली भाषण र ठुलठुला कुरा गर्छन ।’

देशमा तीन तीन सरकार भएपनि हात्ती पीडितका लागि कुनैपनि सरकारले चासो र चिन्ता नगरेको पीडितको गुनासो छ । दुधुवा नेशनल पार्क बन्यजन्तु पीडित खाद्य अधिकार प्रर्बद्धक श्याम परियारले जंगली जनावर हात्ती सहितबाट हुने मानविय तथा भौतिक क्षति न्यूनिकरणका लागि कुनैपनि निकायबाट प्रभावकारी पहल नहुँदा हात्तीले कञ्चनपुरमा श्रृखलाबद्ध ढङगबाट आक्र्रमण गरिरहेको बताए ।

‘हात्तीले वितण्डा मच्चाउँछ, ‘उनले भने, ‘तर कुनैपनि निकायबाट पीडितमाथि सान्त्वना दिने काम हुँदैन, जब मिडियामा घटनाक्रम आउँछ, तबमात्रै केही सरकारी निकाय तात्छन ।’ पुनर्वास नगरका प्रमुख तोया प्रशाद शर्माले हात्तीबाट हुने क्षति न्यूनिकरणका लागि नगरपालिकाले पहल गरिरहेको बताए ।

‘हामीले चालु आर्थिक बर्ष २०७९÷०७९मा हात्ती प्रभावित क्षेत्रमा ईलेक्ट्रिोनिक तारबार लगाउन २० लाख बजेट विनियोजन गरेका छौँ, ‘मेयर शर्माले भने, ‘पीडितलाई राहत दिने काम पनि अघि बढाउँछौँ ।’ हात्ती पीडितले चुनावका बेला दलहरु जसरी घरदैलोमा आएर भोटका लागि रोईलाबुईला गर्छन, त्यसरी पीडित हुँदा वास्ता नै नराख्ने गर्दा पीडितका पक्षमा प्रभावकारी कार्यक्तम ल्याउन नसकिएको दुखेसो पोखिरहेका छन ।

प्रतिक्रिया दिनुस