महेन्द्रनगर–परशुराम नगरपालिकालाई मजदुरमाथि श्रमशोषण गरेको आरोप लागेको छ । परशुराम नगरपालिका वडा नं. ९ का धन सिंह ठगुन्नाले परशुराम नगरपालिकामाथि श्रमशोषण गरेको
आरोप लगाएका हुन् ।
परशुराम नगरपालिकाले चार बर्ष अगाडि(२०७५) परशुराम धाममा आयोजना गरेको परशुराम महामहोत्सवका बेला तिन जना श्रमिकको श्रमको मुल्य हालसम्म नदिएको स्थानीय धनसिंह ठगुन्नाले बताए ।
महोत्सव आयोजनाको बेला आफुहरुलाई ठाउँ ठाउँमा बाँसका गेटहरु निर्माण गर्न लगाएर झण्डै ४३ हजार रुपया बरावरको भुक्तानी नदिएको ठगुन्नाले बताए ।
वडा नं. ९ का धनसिंह ठगुन्ना , बल बहादुर धामी र मोहन सिंह ठगुन्नाले बाँसका गेटहरु बनाए बाफतको रु ४२ हजार २ सय ६० रुपैया नपाएको गुनासो गरेका हुन ।
उक्त धार्मीक महोत्सवका बेला बुडर–जोगबुडा––कुर्मुल्ले–नाउला र परशुराम धामलगायतका ठाउँमा गरी ७÷८ ओटा ठुला गेट र १४÷१५ जति साना गेट निर्माण गरिएका थिए । त्यतिबेला कार्यपालिका सदस्य धर्मेन्द्र नेपाली र हरीना कामीले आफुहरुलाई गेट बनाउने काममा लगाएको उनले बताए । कार्यपालिका सदस्य धर्मेन्द्र नेपालीले आफुहरुलाई गेट निर्माणको कार्य ठेक्का दिएको ठगुन्नाको भनाई छ ।
‘उनीहरुले हामीहरुलाई दैनिक ज्यालादारीमा काम गर्न भनेको तर हामीहरुले ज्यालादारीमा काम नगर्ने ठेक्कामा दिने भए काम गर्छो नत्र गदैनौ भन्यौ,’ ठगुन्नाले भने ‘धर्मेन्द्र संग सानो गेट बनाएको पन्ध्र सय र ठूलो गेट बनाएको तिन हजार रुपयाँका दरले ठेक्का भएको थियो ।’
धर्मेन्द्रलाई पारिश्रमिकको कुरा गर्दा नगरपालिकाबाट लिन भन्ने नगरपालिकामा जादा यताबाट निकासा भईसकेको भन्दै टार्ने गरेको दुखेको ठगुन्नाले पोखे ।
स्थानीयहरुबाट खरिद गरेको बाँसको रकम पनि भुक्तानी गर्न बाँकी रहेका बेला उल्टै नगरपालिकाले पैसा दिईकसेको भन्दै भ्रम छरेको सुनाउदै धनसिंह ठगुन्नाले आपत्ती जनाए । यस बाहेक पनि अन्य रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
नगरपालिकाको न्यायीक समितिमा दुई ÷दुई पटक निवेदन दिदा समेत कुनै सुनुवाई नभएको ठगुन्नाले बताए । ‘पारिश्रमीक नपाएपछि नगरपालिकाको न्यायिक समितिमा दुई÷दुई पटक निवेदन दिदा कुनै सुनुवाई भएन’, पिडित ठगुन्नाले भने ‘न्यायिक समितिले छलफलका लागि बोलाएन् ।’
महोत्सव आयोजना गर्ने बेलाका नगर प्रमुख भीम बहादुर साउदको कार्यकाल सकिएर नयाँ नगर प्रमुख भरत वडायरजोशी निर्वाचित भएर आउदा समेत आफुहरुले पारिश्रमीक नपाएको भन्दै उनीहरुले आफुहरुमाथि श्रमिक हिंसा भएको दुखेसो पोखेका छन् ।

प्रतिक्रिया दिनुस