कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वार्ड अध्यक्ष बहादुर महराले वार्ड अध्यक्षबाट राजिनामा दिने घोषणा गरेका छन। महराले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्षबाट राजिनामा गर्ने घोषणा गरेका हुन ।

महरा नेकपा माओवादी केन्द्र पार्टीबाट शुक्लाफाँटा नगरपालिका ८ को वार्ड अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका हुन । महराले संसदिय व्यवस्थाबाट देश र जनताको हित गर्न सम्भव नभएकोले नेकपा माओवादी केन्द्र पार्टी र वार्ड अध्यक्ष दुवै पदबाट राजिनामा गरेर नेकपा बहुमत पार्टीमा समावेश हुने बताएका छन ।

वार्ड अध्यक्ष बहादुर महरा लामो समय देखि पार्टी प्रवेस बिषयमा छलफलमा रहेको हुदाँ आजबाट नेकपा माओवादी केन्द्र पार्टी र वार्ड अध्यक्ष दुवै पद परित्याग गरेर नेकपा बहुमत पार्टीमा प्रवेस‌ गरेको नेकपा बहुमत पार्टीका जिल्ला कार्यलय सचिव दिपेन्द्र ऐरीले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुस