कञ्चनपुर । नेपाल विद्यार्थी संघ कञ्चनपुरका केही नेता कार्यकर्ताहरुले नेपाली काँग्रेस पाटी कार्यालयमा तालाबन्दी गरेका छन । बुधबार दिउँसो काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेका हुन । नेवि संघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनौटको विषयलाई लिएर उनीहरुले बिरोध गर्दै तालाबन्दी गरेका छन ।

नेवि संघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधान विपरित नेवि संघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष नियुक्त गरेको बिरोधमा साँकेतिक रुपमा पाटी कार्यालयमा तालाबन्दी गरिएको बताए । ‘अहिले हामीले पाटी कार्यालयमा पाटीका नेता र संगठनका नेतालाई सचेत गराउन तालाबन्दी गरेका छौँ, ‘उनले भने, ‘निर्णय नसच्याए फेरी आन्दोलन गछौँ ।’

उनीहरुले पाटी कार्यालयमा तालाबन्दी गर्दै टायर जलाएर बिरोध प्रर्दशन समेत गरेका थिए । १३ माघ ०७९मा नेवि संघ केन्द्रीय समितिले रमेश चटौतलाई नेवि संघ जिल्ला अध्यक्षको जिम्मेबारी दिएको थियो ।

नेवि संघ केन्द्र्रीय अध्यक्ष दुजान शेर्पाद्वारा हस्ताक्षरित गरिएको जिम्मेबारी पत्रमा नेवि संघको विधान २०२७को सातौँ संशोधन ०७५बमोजिम तीन महिनाका लागि जिल्ला अधिवेशन गर्ने गरी अध्यक्षको जिम्मेबारी दिईएको छ । सो जिम्मेबारी दिएसंगै कञ्चनपुरमा नेवि संघ थप असन्तुष्ट भएको छ । आन्दोलनरत नेवि संघ नेता कार्यकर्ताले केन्द्रीय समितिले लिएको निर्णय फिर्ता नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस