कञ्चनपुर, १८,कञ्चनपुरको पश्चिमी नाका नेपाल प्रवेसद्वारमा सशस्त्र प्रहरी बल छ, त्यसवारी भन्सार छ । भन्सारवारी नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय गड्डाचौकी छ । तर, भारतबाट नेपाल(महेन्द्रनगर) भित्रिने अवैध समान न शसस्त्र प्रंहरीले देख्छ, न भन्सारले त्यो अवैध समान नेपाल प्रहरीले बरामद गरेको छ ।
१७माघ बिहान १० बजेतिर भारतबाट सहजै भन्सार भएर आएको लाखौँको अवैध समान ईलाका प्रहरी कार्यालय गड्डाचौकीले बरामद गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले विशेष सुचनाका आधारमा भन्सारदेखि पुर्वतिर महेन्द्रनगर आईरहेको अवैध समान भुजेलापुल र कालिपुल नजिकबाट बरामद गरिएको बताए ।

कपडा, साडी चिनी दुध पाउडर गरेर २ लाख १२ हजार ९ सय रुपैया बराबरको अवैध समान बरामद गरेर भन्सार पठाएको प्रहरी प्रवक्ता शाहले बताए । तर, विडम्बना लाखौँको समान बरामद हुँदा मानिस भने पक्राउ परेनन् । यो कतै प्रहरीले तस्करलाई भगाएर वा बचाएर समान मात्रै बरामद गरेको भन्ने आशंका उब्जाएको छ ।

त्यही समान भारतबाट ल्याउँदा सशस्त्र प्रहरीको त्यत्रो फौजले नदेख्नु, दर्जनौँ कर्मचारी रहेको भन्सारले नदेख्नु र नेपाल प्रहरीले भन्सारबाट बजारमा आएर बरामले कहिकतै भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरीविच समन्वय नहुँदा राजस्व छली भईरहेको जानकारको आशंका छ । भारतबाट आउने अवैध समानको भन्सार नकाट्नु सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीसंग सेटिङ्ग मिलाउन तर, प्रहरीसंग सेटिङ्ग नमिलाउँदाको परिमाण त कतै व्यवसायीको समान बरामद गरिएको आश्य देखिन्छ ।

अवैध समान बरामद हुनु राम्रो भएपनि अहिले बरामद गर्ने पछि लाईन खाने विगतको जस्तो प्रवृति दोहोरिन लागेको त छैन भनि चिन्ता समेत व्यक्त गरिएको छ । सीमा क्षेत्रमा क्रियाशिल रहेका सुरक्षा निकाय, भन्सार लगायतका निकाय जिम्मेबार नहुँदा राजस्व छली भईरहेको यस विषयमा सम्बन्धीत निकायको चासो पुग्न सकेको छैन । व्यवसायीहरुले सेटिङ्गमै तस्करी भएको तर, नेपाल प्रहरीसंग सेटिङ्ग गर्न नसक्दा भन्सारदेखि बजारतर्फ आएको समान बरामद भएको आरोप लगाएका छन । सबैतिर सेटिङ्ग मिलाएर तस्करी हुँदा कञ्चनपुर राजस्व चोरीछलीको आँखडा बनिरहेको छ ।

प्रतिक्रिया दिनुस