कञ्चनपर, १८ माघ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । बुधबारदेखि शुक्लाफाँटाको अशिग्राम माध्यामिक विद्यालय सिसैयामा १३औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो ।

शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्र प्रशाद भट्टले नगरमा १३औँ राष्ट्रपति रनिङ्गशिल्ड औपचारिक रुपमा प्रतियोगिता शुरु भएको बताए । प्रमुख प्रशासकिय अधिकृत भट्टका अनुसार १८ विद्यालयका ७सय विद्यार्थी सहभागि भएका छन ।

कार्यक्रममा नगरका उत्कृष्ठ खेलाडीलाई सम्मान गरिएको छ । विभिन्न खेल प्रतियोगितामा सहभागि खेलाडी तीन दिनभित्रै छनौट गरिनेछ । कार्यक्तमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य एव पुर्वमन्त्री एनपी साउदले प्रतियोगिताले खेल क्षेत्रको विकासमा जोडदिए ।

शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराको अध्यक्षतामा शुरु भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस