कञ्चनपुर, १९ ,सार्वजनिक तथा सरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितता रोक्नका लागि सम्वैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएका उजुरीमा छानबिन नभएको नागरिकले गुनासो पोखेका छन ।
लेकम गाँउपालिका ४ खरकरा पौतोली दार्चुलाका स्थानीय नरेश बहादुर पालले पौतोला सिचाई आयोजनामा भ्रष्टाचार बिरुद्धमा अख्तियारमा उजुरी दिए छानबिन नभएको गुनासो पोखेका छन ।

गत बर्ष पौतेला सिँचाई आयोजनामा भएको भ्रष्टाचार बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएपनि हालसम्म कुनै छानबिन नभएको दुखेसो पोखे ।
बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आफुले गत बर्ष अख्तियारमा उजुरी दिएर हालसम्म ३÷४ पटक अख्तियारको कार्यालयमा आफै उपस्थिति हुँदा समेत कुनै सुनुवाई नभएको भन्दै गुनासो पोखेका छन ।

संचारकर्मीले कतै तपाईपनि भाग नपाए आयोजना बिरुद्धमा उजुरी त दिनुभएको होईन भन्ने प्रशनमा उनले आफुसंग उक्त आयोजनाका मान्छेले रकम दिने आश्वासन दिएपनि आफुले नलिएर उक्त आयोजनामा भ्रष्टाचार भईरहेको विश्वास गर्दै छानबिनका लागि अख्तियारमा उजुरी दिएको बताए । पालले एउटा नागरिकले राज्यलाई आयोजनमा भईरहेको भ्रष्टाचार बारे पटक पटक जानकारी गराउँदा समेत छानबिनका लागि अख्तियार तयार समेत नहुँदा अख्तियारमाथि समेत शंका गरेका छन । ‘पटक पटक मैले अख्तियारलाई गुहारे, तर केही गरेन, ‘उनले भने, ‘म एक सचेत नागरिक वा पुर्व राष्ट्रसेवक कर्मचारीले भन्दा पनि अख्तितयारले चासो नै राखेर बाध्य भएर मिडियासम्म पुगेको हुँ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सुचना अधिकारी नारायण प्रंशाद ढकालले कार्यालय आईपुगेका हरेक उजुरी उपर आयोगले छानबिन गर्ने, अनुसन्धान गर्दै आएको बताए । ‘केही ढिला, केही चाँडो उजुरी छानबिन हुन्छन, ‘उनले भने, ‘आयोगमा आएका सबै प्रकृतिका लिखित मौखिक उजुरी उपर कार्यालयले गम्भिर भएर अघि बढ्छ ।’

प्रतिक्रिया दिनुस