कञ्चनपुर, १९ ,माघ , कञ्चनपुरको महेन्द्रनगरमा फागुन १ गते देखि औद्योगिक व्यापार मेला हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ हुने भएको हो ।‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले १४ औँ संस्करण मेला संचालन गर्न लागेको छ ।

कोरोना महामारीका कारण लगातार दुर्ई बर्ष हुन नसकेको मेला यस पटक ०७९ सालमा हुन लागेको छ । मेलाको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुर आउने भएका छन ।
वाणिज्य संघले ०५७ सालदेखि मेला संचालन गर्दै आएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले कोरोना महामारीका कारण दुई बर्ष लगातार हुन नसकेको मेला यस पटक संचालन गरेर देशकै कार्यकारी प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन गराउने कार्यक्रम रहेको बताए । ‘देशकै ध्यान कञ्चनपुर गराउने उदेश्यले हामीले प्रधानमन्त्री ज्यू बाटै मेला उद्घाटन गर्न खोजेका छौँ, ‘उनले भने, ‘यस क्षेत्रका रहेका औद्योगिक आर्थिक क्षेत्रका योजना अघि बढाउन मदन पुग्छ ।’ आर्थिक गतिबिधी बृद्धि गराउने, स्थानीय बस्तु तथा सेवा, पर्यटन, कलाको प्रर्बद्धन गर्ने उदेश्यले मेला संचालन गर्न लागिएको अध्यक्ष जोशीले बताए ।

महोत्सवमा लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट,बाल उद्यान सहित सुदूरपश्चिमको झल्किने लोकसंस्कृति प्रस्तुत गरिनेछ ।
स्थानीय तथा राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम संचालन गरिनेछन । महोत्सवमा विभिन्न कला, संस्कृति, उद्यम व्यवसायी प्रकृतिका ३सय स्टल हुने छन । ‘हामीले सुदूरपश्चिमको लोक संस्कृति झल्किने गरि देउडा प्रतियोगिता समेत सचालन गछौँ, ‘उनले भने, ‘महोत्सव आर्थिक, समाजिक एव साँस्कृतिक केन्द्रीत हुनेछ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्लले संघले यसअघि देखि गर्दै आएका यस क्षेत्रका विकासका योजनालाई समेत अघि बढाउने भूमिका निर्वाह गर्दै आएको र यस पटकको मेलाले थप काम गर्ने बताए । उनका अनुसार मेलाको प्रति टिकटबाट एक रुपैयाका छुट्टाएर समाजिक काम गर्ने बताए । ‘महोत्सवबाट यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रर्बद्धन हुने हामीले अपेक्षा राखेका छन, ‘उनले भने, ‘विगत भन्दा यस पटक केही मेला थप पुरस्कृत हुनेछ ।’ लगातार दुई बर्ष मेला संचालन हुन नपाएपछि भारतीय उत्तराखण्डबाट समेत दर्शनार्थी मेलामा आउनेछन ।
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले मेला स्थलमा तयारी भईरहेको बताए । महासचिव बोहराका अनुसार मेला अलोकनका लागि साधारण तर्फ ८० र विद्यार्थी सहुलियत ४० रुपैया तोकिएको बताए ।

महासचिव खगेश्वर बोहराले मेलाको मुख्य प्रयोजक प्रभु बैंक लिमिटेड, प्रयोजकमा गोर्खा ब्रअरी, निको ईन्सोरेन्स कम्पनी लिमिटेड र प्रर्बद्धकमा सनराई बैक, डिसहोम रहेका छन ।
मेला सम्पन्न गर्नका लागि कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । भने विभिन्न १५ उप समिति गठन गरिएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले मेला संचालनका लागि आवश्यक तयारी भईरहेको बताए । बरिष्ठ उपाध्यक्ष दिनेश मल्ल सह सयोजक, तथा महासचिव खगेश्वर बोहरा सदस्य सचिव रहेका छन ।

निर्वतमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा स्वागत सत्कार, बरिष्ठ उपाध्यक्ष दिनेश मल्लको संयोजकत्वमा सुरक्षा, संस्कृति तथा यातायात व्यवस्थापन समिति, प्रथम उपाध्यक्ष सुरेश गुरुङ्गको संयोजकत्वमा बाल उद्यान समिति, उपाध्यक्ष धर्मसिह रावलको संयोजकत्वमा स्टल निर्माण तथा मञ्च व्यवस्थापन, महासचिव खगेश्वर बोहरको संयोजकत्वमा सचिवालय तथा प्रचार प्रसार समिति, सचिव राहुल भट्टको संयोजकत्वमा प्रायोजक, प्रर्वद्धक तथा स्टल बुकिङ्ग समिति, कोषाध्यक्ष चेतराज जोशीको संयोजकत्वमा आर्थिक तथा टिकट व्यवस्थापन समिति, सदस्य गोपाल बुडापालको संयोजकत्वमा मञ्च व्यवस्थापन, सदस्य नरेन्द्र प्रशाद जोशीको संयोजकत्वमा पर्यटन प्रर्बद्धन समिति, सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर व्यवस्थापन समिति, सदस्य प्रेम प्रकास पाठकको संयोजकत्वमा कृषि प्रर्बद्धन समिति, सदस्य रदिप पालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति, सदस्य विशाल सोनारको संयोजकत्वमा खानेपानी तथा विद्युत व्यवस्थापन समिति, सदस्य मिनराज भट्टको संयोजकत्वमा सचार तथा समन्वय समिति गठन गरिएको छ । मेला १० फागुनसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुस