कञ्चनपुर, १९ ,अखिल नेपाल महिला संघ(समाजवादी)ले महेन्द्रनगर बाल अनाथालयमा बस्दै आएका नाबालिकामाथि भएको यौनजन्य घटनाको छानबिनको माग अघि सारेको छ ।
नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला कमिटि कञ्चनपुरले बाल अनाथालयमा बस्दै आएका नाबालिकामाथि भएको यौनजन्य घटनाको छानबिनको माग अघि सारेको हो ।
बिहीबार अखिल नेपाल महिला संघ(समाजवादी)ले एक प्रेस विज्ञप्ती जारी गर्दै बालिमाथि भएको लज्जास्पद अमानविय र घृणित कार्यप्रति खेद प्रकट गरिएको छ । अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला कमिटि कञ्चनपुरका अध्यक्ष विस्ना पन्त(भट्ट)द्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटनाको सत्यतत्य छानबिन गरेर दोषि उपरलाई कार्बाहीको माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुस