कञ्चनपुर, १९ माघ, कञ्चनपुरको बेदकोट नगरपालिकाले १५ सैयाको अस्पताल निर्माण कार्य हुने भएको छ । बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले नगरमा निर्माण हुने अस्पतालको क्षेत्र एकिन गरिएको बताए ।

कार्यपालिका सदस्य नेपालीका अनुसार बेदकोट नगरको ३ नम्बर वडा दैजीमा अस्पताल निर्माण हुने छ । ‘नगरका प्रमुख भोजराज बोहरा ज्यूको प्रमुख नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट सहितका प्राविधिक टोलीले अस्पताल निर्माण स्थलको प्राविधिक हिसाबले स्थान छनौट र एकीन गरिसकेका छन, ‘कार्यपालिका सदस्य नेपालीले भने, ‘अब सोही अनुरुप कामकाज अघि बढ्छ ।’ नगरले १२औँ नगर सभाबाट स्वास्थ्य र प्राविधिक शिक्षा ऐन पारित गरेसंगै बेदकोटमा स्वास्थ्य र शिक्षामा फ्टको मार्ने अपेक्षा गरिएको कार्यपालिका सदस्य नेपालीको दावि छ ।

प्रतिक्रिया दिनुस