
कञ्चनपुर । कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलमा ‘महाकाली मोडर्न फेस्टबल’ बनाईएको छ । भीमदत्त नगरपालिका ३ भाँसी महेन्द्रनगर स्थित महाकाली मोडर्न पब्लिक स्कुलमा ‘महाकाली मोडर्न फेष्टबल’ बनाईएको हो । शुक्रबार एक कार्यक्रमका विच विद्यालयमा विभिन्न चार विद्यामा महोत्सव मनाईएको छ ।
महाकाली मोडर्न पब्लिक स्कुलका प्रिन्सिपल दिजराज भट्टले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञानका लागि कार्यक्रम गरिएको बताए । प्रिन्सिपल भट्टका अनुसार कला, विज्ञान प्रर्दशनी, खेल तथा खाद्य गरी चार विधामा कार्यक्रम गरिएको छ ।
विद्यार्थी आफै प्रत्यक्ष सहभागि भएर गर्ने कामले थप क्षमताको विकास हुने छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी प्रत्यक्ष सहभागि भएको र अन्य कक्षाका विद्यार्थी समेत अवलोकनकर्ताका रुपमा सहभागि भएको बताए ।
‘विद्यार्थीलाई व्यवहारिक रुपमा अभ्यास गराउँदा उनीहरुमा थप आन्तरिक सीप क्षमता विस्तार हुन्छ, ‘प्रिन्सिपल भट्टले भने, ‘हामीले हरेक महिना हरेक कक्षाका विद्यार्थीलाई फिल्डभिजिट समेत गराउँछौँ ।’विगतदेखि नै विद्यालयले अतिरिक्त कृयाकलाप गराउँदै आएको छ । विद्यालयबाट थप अतिरिक्त कृयाकलाप गराउन थालेपछि विद्यार्थी उत्साहित एव अभिभावक समेत हर्षित भएका छन ।


 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    