कञ्चनपुर । लोकसेवा आयोगले शाखा अधिकृत (राजपत्राङकित तृतिय श्रेणी)का पदमा संघ बाहेकका कर्मचारीको उमेरको हद लगाएपछि लोक सेवा आयोग बिरुद्ध सर्वोच्च आदालतमा मुद्दा दायर भएको छ ।
लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापनमा उमेरको हद लगाएपछि स्थानीय र प्रदेश सरकारका विभिन्न कार्यालयमा कार्यरत खरिदार, नासु एव शाखा अधिकृतहरुले लोक सेवा आयोग बिरुद्धमा मुद्दा दायर गरेका थिए ।
भीमदत्त नगरपालिका १८ वडा कार्यालयमा कार्यरत वडा सचिव समेत रहेर्का एमाले निकट नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका उपाध्यक्ष दिनेशराज भट्ट सहितका १० कर्मचारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले लोक सेवा आयोगको नाममा परीक्षामा सहभागि गराउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च आदालतले विज्ञापन नम्बर १६६९२÷०७९÷८० देखि १६७०५ ÷०७९÷०८०सम्म विज्ञापन अनुरुप अन्तिम टुङगो नलाग्दासम्म परीक्षामा समावेस गराउन अन्तरिम आदेश जारी गरेको हो । निवेदकका तर्फबाट
अधिवक्ता शम्भु थापा, बीरभन्द्र जोशीले बहस गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले त्यही लोक सेवा उर्तिण गरेर स्थानीय तथा प्रदेशका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीका हकमा लोकसेवाबाट अन्याय भएकाले संगठनले समेत सम्बन्धीत निकायमा पटक पटक पहल गरेको बताए । ‘त्यही लोक सेवाबाट आएका संघमा कार्यरत कर्मचारीलाई उमेरको हद नलाग्ने तर प्रदेश, स्थानीयमा लगाउने यो अन्यायपुर्ण थियो, ‘उनले भने, ‘हामीले साँगठानिक रुपमा पहल गरे तर भएन, कानुनी रुपमा उपचार खोजेपछि पालिका र प्रदेशमा कार्यरत कर्मचारीको हकमा न्याय भएको छ ।’

प्रतिक्रिया दिनुस