कैलाली । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) पार्टीका केन्द्रिय सदस्य हरि सुवेदीले नेपाली युवा मनोभावनामा बगेर भ्रममा परेका छन रबि लामिछाने अमेरीकी दलाल रहेको बताएका छन ।

सानिवार नेकपा क्रान्तिकारी माओवादीका सुदुरपश्चिम प्रदेशका जबस मोर्चाको अत्ततियामा भएको भेला कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सुवेदीले नेपाली युवा भाबनामा बगेर रबि लामिछाने हाइ हाइ गरिरहेका छन भ्रममा परेका छन रबि अमिरिकी दलाल हुन यिनको असली रूप अदालतले देखाइ दिएको छ कसैले पनि भ्रममा पर्नु हुन्न हरेक कुराको बिष्लेषण र  आलोचना हुनु जरूरी रहेको बताए । बिचार बिहिन, कार्यनिति बिहिन,कार्यदिसा बिहिन पार्टी हुँहैन बिचार बिहिन भएको पार्टी र व्यक्ती लाई जनताले चुनाव जिताए पनि अहिले रविको असली रूप अदालतले देखाएको बताए ।

कार्यक्रमा बोल्दै सुवेदीले संसदीय व्यवस्था असफल भएको छ नयाँ जनवादी व्यवस्थाको लागि क्रान्तिकारी माओवादी निरन्तर संघर्षमा रहेको बताए । नेपालमा बाह्य सक्तीको चललेखेल भइरहेको स्पष्ट छ नेपालका ७२ ठाउँमा सिमा अतिक्रम सिमा बिदाद भइरहदा समेत एक सब्द बोल्न नसक्ने सरकार बिदेसीको इसरामा चलिरहेको बताए ।

हरेक ठाउँमा भइरहेका बिकास निर्माणमा भष्टाचार गुणस्तरहिन काम भइरहेको भए पनि दलाल सरकार चुप लागेर बसेको बताए । नेपालका केहि मिडिया समेत प्रतिकृयाबादी राज्य सत्ताको गुणगानमा व्यस्त रहेको बताए । नेपालका ठुला भनिएका मिडिया समेत दलालको पन्जामा परिरहेको सुवेदीले बताए ।

क्रान्ति निरन्तर चलिरहने प्रक्रिया हो राजनिति समाज सेवा हो नेपालका संसदिय पार्टीले राजनितिलाई व्यापारी करण गरेको बताए । संसदिय दलले सासंद खरिद बिक्रि गर्ने राजनितिलाई कमाई खाने भाँडो राजनिति गरेर कमिसन खाने दलाली गर्ने र नेपाली जनतालाई सधै ठग्ने काम गरिरहेको प्रमुख अतिथि सुवेदीले बताए ।

 

प्रतिक्रिया दिनुस