चुरे क्षेत्रको ताराकोटमा निर्माणाधीन सुदूरपश्चिम विपश्यना केन्द्रका निर्माणा हुनलागेका पक्की संरचनाको चौतर्फी बिरोध सुरू भएको छ । नेकपा बहुमतका युवा नेता दिपेन्द्र ऐरीले विपश्यना ध्यान केन्द्रका नाममा चुरे दोहन गर्ने तरीकाले गैरकानुनी रूपमा संचना निर्माण भईरहेको बताए । विपश्यना ध्यान केन्द्रका निर्माणा हुनलागेका  पक्की संरचना बनाउन पुर्व संसद देखि  बिभिन्न राजनितिक दलका नेताको संलग्नता रहेको बताए । बहुमतका नेता दिपेन्द्र ऐरीले भने विपश्यना केन्द्रका निर्माणाधिन संरचना तत्काल नहटाए कडा संघर्ष गर्ने बताए ।

त्यस्तै बुधवार भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र वन संरक्षणकर्मीले चुरे क्षेत्रको ताराकोटमा निर्माणाधीन सुदूरपश्चिम विपश्यना केन्द्रका संरचनाको स्थलगत अवलोकन गरेका छन् । ती सबै संरचनाको अवलोकनपछि छलफल गरी उनीहरुले ती अवैध संरचना हटाउन सम्बन्धित निकायलाई दबाव दिने कार्यक्रम बनाएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा विपाश्यना केन्द्रका लागि अवैध रुपमा पर्खाल लगायतका संरचना बनाइएका छन् । वन प्रशासनलाई दबावमा पारी गत वर्ष ती संरचना निर्माण गरिएका हुन् । डिभिजन वन कार्यालयले सुरुमा रोके पनि चौतर्फी राजनीतिक दबावपछि कार्यालय संरचना निर्माणमा मौन बस्न बाध्य भएको थियो ।

चुरे क्षेत्रमा अवैध रुपमा निर्माण गरिएका संरचनाको विरोध हुन थालेपछि भीमदत्त नगरपालिका १० का अध्यक्ष महेश चन्द र ९ का अध्यक्ष गगन सिह कार्की सहित चुरे संरक्षण सञ्जाल र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले अवलोकन गरेका छन् ।

चुरे संरक्षण सञ्जालका अध्यक्ष रविन्द्र कुँबर, सचिव करन भट्ट, सहिद स्मृति सामुदायिक वनका अध्यक्ष करन बहादुर विष्ट, बैजनाथ मटेना सामुदायिक वनका अध्यक्ष प्रजापति नाथ, सामुदायिक वन उपभोक्ता महासंघका धर्मानन्द पन्त लगायत अवलोकनमा सहभागी भएका छन् ।

अवलोकनमा क्रममा दुई सय मिटर पक्की पर्खाल निर्माण गरेको पाइएको छ । उनीहरुका अनुसार बर्खामा रुख काटिएका रुख हिउँदमा जलाएर खाली भएको ठाउँमा संरचना निर्माण गरिएका छन् ।

त्यहाँ दुई सय मिटर पिल्लरको पर्खाल बनाइएको छ, बर्षातमा रुख झाडी हटाउने, त्यसपछि त्यो सुकेपछि गर्मीमा आगो लगाएर खाली ठाउँ बनाएको रहेछ’ अवलोकनमा सहभागी उनीहरुले भने, ‘त्यो खाली ठाउँमा नै अहिले पर्खाल लगायतका संरचना बनाइएका छन् ।’

स्थानीयका अनुसार ताराकोट क्षेत्रमा तीन वर्ष अघिदेखि संरचना बनाउने कार्य अघि बढेको थियो । स्थानीयले विरोध गरेपछि गत वर्ष सुरुमा स्थानीय प्रशासन र वन कार्यालयले निर्माण रोक्का गर्न लगाएका थिए ।

अहिले संरचना निर्माण गर्न थालिएको क्षेत्रमा केही वर्ष अघि वन कार्यालय कार्यालय र चुरे संरक्षण सञ्जालले गोठ हटाएर खाली गरेको थियो । त्यसपछि वन कार्यालयका तत्कालिन सहायक वन अधिकृत जीवन यादवले सागवान, अम्रिसो लगायतका विरुद्ध लगाएका थिए । अहिले डोजर लगाएर ती सबै विरुवा उखेलेर फालिएका छन् ।

अवलोकनपछि ताराकोट क्षेत्रमा उनीहरुले छलफल गरी अवैध संरचना हटाउन सम्बन्धित निकायलाई दबाव दिने कार्यक्रम बनाएका छन् ।

छलफलबाट स्थानीय प्रशासन र डिभिजन वन कार्यालयसित पहल गर्ने र स्थानीय सरकार सहित सरोकारवाल निकाय सहित सहित सबैसित छलफल गरी दबाव सिर्जना गर्ने कार्यक्रम तय गरिएको अवलोकनमा सहभागी सामुदायिक वन उपभोक्ता महासंघमा धर्मानन्द पन्तले बताए ।

प्रतिक्रिया दिनुस