कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रंचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन । सोमबार विभिन्न आयोजनाको स्थलगत अनुगमन एव औद्योगिक व्यापार मेलाको उद्घाटनका लागि यहाँ आईपुगेका प्रधानमन्त्री प्रचण्डलाई आरक्षपीडितले ज्ञापन पत्र बुझाएका हुन ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले देशकै प्रधानमन्त्री जिल्लामा आएका बेला पीडितका समस्या दर्शाएर पुर्नस्थानामा ध्यानकर्षण गराएको बताए । अध्यक्ष भण्डारीले २१बर्षदेखि घरबार बिहिन भएका पीडितको पुर्नस्थापनाका लागि संघीय सरकारले चासो दिनुपर्नेमा प्रधानमन्त्री समक्ष अनुरोध गरेका छन ।

आरक्षपीडितले सुरेन्द्र विष्ट नेतृत्वको आयोगले यस अघि सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनको माग अघि सारेका छन । बम आयोगले मात्रै पीडितलाई न्याय मिल्ने भएकाले उक्त प्रतिवेदन कार्यान्वयन गरिदिन माग अघि सारेका छन ।

बम आयोगले हरेक पीडितलाई १० कट्टा जमिन दिनुपर्ने, जमिनसंगै घर बनाउन क्षतिपूर्ति दिनुपर्ने, जमिन दिन नसके कम्तिमा ६०लाख रुपैया मुआब्जा दिनुपर्ने भन्दै दुई बर्ष अघि नै प्रतिवेदन बुझाएका छन ।

कृष्णपुरका स्थानीय एव युवा नेता समेत रहेका सुरेन्द्र बम नेतृत्वको आयोगले यस अघि नै शुक्लाफाँटा नपा र कृष्णपुर नपाका राजमार्ग क्षेत्रदेखि उत्तरमा कुकाठ सहित सामुदायिक वन क्षेत्र खाली गरेर जमिन दिनसकिने जिल्लाबाट प्रतिवेदन वन मन्त्रालयमा पेश गरिसकेको थियो ।

बम आयोग र तत्तकालिन सरकार परिर्वतन भएसंगै पीडितको हितमा रहेको प्रतिवेदन थन्किएको आरक्षपीडित संघर्ष समितिका अध्यक्ष भण्डारीको भनाई छ । अहिले वनमन्त्री समेत प्रधानमन्त्री स्वयम प्रचण्ड नै भएकाले २१ बर्षदेखिको समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेका हुन ।

आरक्षपीडितका अगुवा एव संघर्ष समितिका सचिव मनबिर ओडले गरिब, उत्पिडिन समुदायकै लागि लामो संघर्ष, त्याग गरेकै नेता प्रधानमन्त्री भएकाले प्रचण्डले गर्न चाहे समस्या शिघ्र समाधान हुने भन्दै पीडितको मुद्दामा गम्भिर भईदिन आग्रह गरेका छन ।

०५८सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकूञ्ज विस्तारका क्रममा कञ्चनपुरका विचुवा, अण्डैया, पटैया, बेलडाँडी, बेलौरी, पिपलाडी, झलारी, सुडा, दैजी, कृष्णपुर सहितका विभिन्न दर्जनौँ गाँउबस्तीबाट विस्थापित नागरिकको अझैपनि पुर्नस्थापना भएको छैन ।

उनीहरु खुला आकासमुनी बस्न बाध्य भएका छन । काँग्रेस सभापति शेर बहादुर देउवा नै प्रधानमन्त्री भएका पालामा विस्थापित भएका थिए । देउवा पटक पटक प्रधानमन्त्री भए, त्यसदेउवा सहित अन्य कम्युनिष्ट, काँग्रेसका नेता दर्जनैँले देशको नेतृत्व पाएपनि अहिलेसम्म पुर्नस्थापना नहुँदा नरकिय जिवन विताउन बाध्य भएको भन्दै पीडितले मानव अधिकारको सुनिश्चितता गराउन आग्रह गरेका छन । आरक्षपीडितको पुर्नस्थापना नहुँदा ढक्का, बेलडाँडी, सुन्दरनपुर, कृष्णपुर, कालागौडी सहितका जंगल नदीखोला क्षेत्रमा जोखिमयुक्त, कष्टकर जिवन विताउन बाध्य भएका छन ।

प्रतिक्रिया दिनुस