कञ्चनपुर । वन कार्यालय कञ्चनपुरको टोलीले कृष्णपुर नगरपालिका ३ देखतभूलीबाट काठ तस्करीमा संलग्न विकासी राना र रमा रानालाई पक्राउ ग¥यो । उनीहरुको साथबाट अर्थात घरबाट झण्डै ९० क्युफिट भन्दा बढी काठ बरामद ग¥यो । वनमा भएको काठ चोरी तस्करी नियन्त्रणमा वन कार्यालयका कर्मचारीको काम कर्तव्य भूमिका राम्र्रो रह्यो ।

काठ सहित संलग्न दुइै जनालाई कार्बाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरको सुरक्षा शाखामा ल्याईयो । दिउँसो १ बजे कृष्णपुर नपा ३ देखतभूलीबाट पक्राउ गरिएका दुई काठ तस्कर(अभियुक्त) राती ८ बजेमात्रै सुरक्षा शाखा महेन्द्रनगरमा पु¥याईए । बन कार्यालयकै बा १ झ ८९१७ नम्बरको जिपमा लालझाडी सव वन डिभिजन वन कार्यालयका प्रमुख हरि नारायण यादव आफैले दुवै अभियुक्तलाई ल्याएर सुरक्षा शाखामा पुगे । सुरक्षा शाखामा पुग्दा सुरक्षा शाखा प्रमुख जमदार अर्जुन थापा र उनीविच विवाद भयो । सहायक वन अधिकृत समेत रहेका यादवले दुवै जना स्वास्थ्य परीक्षण गरेका हुन राख्न दवाव दिए, निम्न स्तरका कर्मचारी भएकाले यादवले थापालाई दवाव दिए,तर थापाले

दिउँसै पक्राउ गरिएका व्यक्तिलाई बिना स्वास्थ्य परीक्षण म बुझ्दैन भन्दै अटेरी गरेर फेरी वन अधिकृत आफैले ति अभियुक्तलाई लिएर महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराए । देखतभूलीदेखि महेन्द्रनगर झण्डै ३५किलोमिटर दुरी भएपनि दिउँसो हिरासत राख्न हिडेका वनको टोली सहित अभियुक्त राती ८ बजेमात्रै पुगेपछि यस विचमा कतै बार्किनिङ्गदेखि मदिरा खानपान भएको आशंका गरिएको छ । अभियुक्तलाई स्वास्थ्य परीक्षण बिनै हिरासतमा राख्ने विषयमा लफडा भएपछि केही संचारकर्मी समेत सुरक्षा शाखा र अस्पताल पुगेका थिए । वन तर कर्मचारीले काठ तस्कर समुहसंग बार्किनिङ्ग गर्ने अभिप्रायले कहिले काठ मात्रै कहिले मानिस सहित पक्राउ गरेर स्वास्थ्य परीक्षण समेत नपर्ने प्रवृतिले बार्किनिङ्गको गन्ध देखिन्छ ।

वन अधिकृत यादवले शुरुवाती चरमै स्वास्थ्य परीक्षण गरिएका अभियुक्त भन्दै हिरासतमा राख्न दवाव दिएको विषय झुट भएको पृष्टीले कतै उनी काठ तस्करसंग मिलोमतो हिमचित त गरेका छैनन भन्ने थप आशंका उब्जाएको थियो । घटनाबारे पत्रकारसंग समेत उनले बोल्न मानेन्, जे मन लाग्छ, त्यही छाप्नु भन्दै उनी पन्छिन खोज्दा समेत कतै उनी काठ तस्करी वन फडानीमा संलग्न त छैनन भन्ने थप आशंका उब्जाएको छ ।

यस अघि पनि लालझाडी क्षेत्रमा काठ तस्करीमा लफडा मच्चिएको थियो । वन कार्यालय कञ्चनपुरका कर्मचारीले काठ तस्करी नियन्त्रणमा समेत राम्रो काम गर्दागर्दै अपारदर्शी व्यवहारले कतै उनीहरु आफ्नो मुख्य जिम्मेबारीबाट त बिलिन त भएका छैनन् भन्ने विषयले संरक्षणकर्मीको नजरमा वनका केही कर्मचारी अभियुक्तबाट मदिरादेखि पैशामा लिप्त हुने गरेका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विषेश्वर प्रशाद जोशीले कतै अभियुक्तबाट वन कर्मचारीको नाजायज सम्बन्ध भए छानबिन गरेर कार्बाही गरिने बताए । यसरी वन कर्मचारीविच काठ तस्कर पक्राउदेखि हिरासतमा राख्ने विषयमा आपसी लफडाले तस्कर समुहलाई थप बल पुगेको छ ।

प्रतिक्रिया दिनुस