कञ्चनपुरको पुनर्वास नगरपालिका ४ को आनन्द बजार नजिकैकोमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने पुनर्वास नगरपालिका ४ को आनन्द बजारको कार्गिल डाडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका ४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाा र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर बताउनुयो ।

उनका अनुसार उनीहरुको साथबाट बरामत गरिएका चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुस