कञ्चनपुर । कञ्चनपुरको मुल भन्सार कार्यालय गड्डाचौकीबाट अझै चोरी तस्करी भन्सार राजस्व छलीका गैर कानुनी कृयाकलाप रोकिएका छैनन् । जिल्लाकै पश्चिमी नाका भन्सार रहेकै क्षेत्र गड्डाचौकीबाट अवैध रुपमा चोरी तस्करीजन्य गतिबिधी नरोकिएका हुन । भारतबाट अवैध रुपमा समान भित्र्राउने काम नरोकिएपछि नेपाल प्रहरीलाई रोक्न सकस भईरहेको छ ।
आन्तरिक शान्ति सुरक्षामा खटिनुपर्ने प्रहरी तस्कर समुहका अवैध गतिबिधी नियन्त्रणमा जुटेको छ । पश्चिमी नाका गड्डाचौकीमा मुल भन्सार रहेको कञ्चनपुरमा तस्करी नरोकिएपछि प्रहरीलाई हम्मेहम्मे भएको छ । प्रजातन्त्र दिवसकै दिन भारतीय बजार बनबासाबाट अवैध रुपमा नेपाल(महेन्द्रनगर) तर्फ भन्सार नकाटेरै समान भित्र्राउन थालेपछि प्रहरीले उक्त अवैध समान बरामद गरेको छ ।
आइतबार बिहानै ३ बजेतिर ईलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले भारतबाट भन्सार नकाटेको अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी भरतराज गिरीले विशेष सुचनाको आधारमा अवैध समान बरामद गरिएको बताए । सुचना अधिकारी गिरीले भीमदत्त नगरपालिका १० काठेपुलबाट बेवारिसे अवस्थामा बरामद अवैध समान नियन्त्रणमा लिएर भन्सार चलान गरिएको छ ।
उनका अनुसार चप्पल, कपडा, हार्डवेयर, वाईरिङ्ग सहितका समान गरी झण्डै २लाख, २१ हजार ७८०रुपैया बराबरको अवैध समान बरामद गरेर भन्सार बुझाईएको छ । यसरी भन्सार नजिकै क्षेत्रबाट नेपाल प्रहरीले पटक पटक अवैध समान बरामद गरेपछि कतै भन्सारसंगकै सेटिङ्गमा समान भित्रिने प्रहरीका अधिकारीको दावि छ ।
केही प्रहरीले भन्सारले तस्कर समुहसंग साँठगाँठ गरेपछि नेपाल प्रहरीलाई अवैध समान रोक्न बल प्रयोग गर्नुपर्ने बाध्यता रहेको दुखेसो पोख्दै आएका छन । ईप्रका गड्डाचौकीले यस अघि पनि पटक पटक भारतीय बजार बनबासा भएर भन्सारबाटै महेन्द्रनगर बजार तर्फ ल्याईरहेको बरामद गरेको घटनाले समेत कतै भन्सार छलेर वा सेटिङ्ग गरेर ल्याईरहेको देखिन्छ ।
सुदूरपश्चिममा नेपाल प्रहरीका नयाँ डिआईजी अशोक सिह आएपछि समान सहित तस्करीमा संलग्न मानिस पक्राउ गर्न आदेश दिएपनि उक्त गड्डाचौकी भन्सारदेखि महेन्द्रनगर समान तस्करी गरिरहेको तस्कर भने पक्राउ परेका छैनन । सुपका डिआईजी सिहले तस्करी नियन्त्रणमा निर्मम भएर काम गर्न निर्देशन जारी गरेसंगै कैलाली कञ्चनपुरमा तस्कर समुह त्रसित भएका छन ।
कैलाली कञ्चनपुरका अन्य खुला नाका क्षेत्रबाट तस्करी नियन्त्रणउन्मुख भईरहेका बेला भन्सार क्षेत्रबाटै अवैध समान तस्करी नरोकिएपछि सर्वसाधारण पनि भन्सारप्रति थप शशकित भएका छन । तर भन्सार कार्यालय कञ्चनपुरका कार्यरत कर्मचारीले भने राजस्व चुहावटमा भन्सार सकृय रहेको र तस्कर समुहले नै भन्सारलाई बदनाम गराउँदै आएको बताउँदै आएका छन ।
भन्सारले तस्करी हुनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई दोषारोपण गर्दै आएको छ । यसरी नै निरन्तर तस्करीजन्य गतिबिधी नियन्त्रणमा प्रहरीले भूमिका निर्वाह गरे यस अघि विगतका बर्षहरुमा तस्करीका कारण कैलाली कञ्चनपुर भन्सारले लक्ष्य समेत प्राप्त गर्न नसकेको अवस्थामा अहिले पाउने अपेक्षा गरिएको छ ।
तस्करी नियन्त्रणका लागि एक निकाय सकृय भएर मात्रै नहुने भएकाले सबै सरोकारवाला निकाय कागज, भाषण, बोलीमा नभई व्यवहारिक रुपमा सकृयतापुर्वक खटिनुपर्ने स्थानीयले जोडदिएका छन ।