कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा हायस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। महेन्द्रनगरदेखी धनगढीतर्फ गइरहेको बा ४ ख २३०३ नम्बरको हायस आइतबार विहान दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।

हायस आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए । प्राविधिक खराबीका कारण हायस दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ ।

प्रहरी निरीक्षक सिंहका अनुसार घाइते हुनेमा हायस चालक बेदकोट नगरपालिका वडा नम्बर २ बसन्थलाका मदन सुनार,बेदकोट ४ बगुनका ४९ वर्षिय शंकरदत्त भट्ट,निजकी श्रीमती ३५ वर्षिय नन्दा भट्ट र दार्चुलाको मार्मा गाउँपालिका १ दहका ५५ वर्षिय हर्क सिंह धामी रहेका छन् ।

घाइतेमध्ये चालको झलारी स्थित न्यू झलारी क्लिनिक र अन्य ३ जनाको शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस