महेन्द्रनगर । कञ्चनपुरको चर्चित एक कटेजमा होली विशेष कार्यक्तम हुने भएको छ । वेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा होली बिशेष कार्यक्रम हुने भएको हो । सुदूरपश्चिमको लोक संस्कृति,कला पर्यटन प्रर्बद्धनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै पोखरी कटेजका संचालक रामदास रानाले यही फागुन २२ गते होली ईभेन्ट कार्यक्रम गरिने बताएका छन । उक्त होली बिशेष कार्यक्रममा राष्ट्रिय तथा छिमेकी मुलुक भारतबाट पनि कलाकारआउने बताएका छन ।

देउडा गायक चक्र बम, भारतिय कलाकार गायिका रिङकु राना, बन्टी राना, विपुल क्षेत्री, हास्य कलाकार अमुत नाथ लगायत स्थानिय लोक संस्कृती झल्कने सुदूरका थारु र पहाडी समुदायका नृत्यहरुको प्रस्तुती रहने उनले बताएका छन ।

तराईमा होली पर्वलाई बिशेष तवरले मनाउने परम्परा रहेको हुँदा आफनो कला संस्कृतीलाई जेगर्ना गर्नको लागि स्थानिय होली नृत्यहरु प्रस्तुतीमा रहने कटेज संचालक कृष्ण रानाले बताएका छन । पछिल्लो समय होली पर्वमा विकृती वसंगती फैलिएको भएर आफुहरुले बिशुद्ध रुपमा फागु पूर्णिमा अर्थात रंगहरुको होली खेल्ने व्यवस्था मिलाउने उनले बताए । साथै उक्त कार्यक्रममा बिभिन्न खेल कार्यक्रम लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।

पछिल्लो समय पोखरी कटेज सबैको केन्द्रबिन्दुको रुपमा रहेको छ । टिकटक बनाउने तथा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि घुम्नको लागि घुईचो लाग्ने र दैनिक ४ सय दखी ५ सय जनाले उक्त कटेजमा घुम्न तथा अवलोकन गर्न आउने गरेको कटेज संचालक रानाले बताए । उक्त कार्यक्रममा ५ हजार जना दर्शकहरुले अवलोकन गर्ने अपेक्षा रहेको बताईएको छ । कार्यक्रमसंगै थप दर्शकले कटेज भित्रिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुस