कञ्चनपुर । अठोला पञ्चाङ्ग समितिले यस बर्षको गौरा पर्व भदौँ ७ गते नै उपयुक्त हुने जनाएको छ । अठोला पञ्चाङ्ग समितिले बैतडीको दोकेदारकेदार र कञ्चनपुरको भाँसी स्थित रहेको समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै गौरा पर्व भदौँ ७ गते नै उपयुक्त हुने जनाएको हो । गौरा पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाईने पर्व भएको जनाउँदै यस बर्ष अधिक मास परेकाले तिथि कन्यार्क अर्थात असोज ८गते गरेको जनाईएको छ । कन्र्याक तिथिमा गौरा पर्व मनाउन नपाईने भएकाले भदौँ ७ गते नै उपयुक्त हुने जनाएको छ ।
अठोला पञ्चाङ्ग समितिले भाद्र कृष्ण अष्टमीमा पनि गौरापर्व मनाउने प्रचलन भएपनि ज्योतिगणितको अगस्त्योदयको सुत्र अनुसार सुर्यले १३४अश ३ कला, ४५विगला भोग गर्दा भदौँ १५ गते नै अगस्त्योदय हुने भएकाले नेपाल पञ्चाङ्ग निर्णयक समितिको अनुसार पनि भाद्र २०गते २८ः३बजेतिर अगस्थी उदयभई सक्ने हुँदा ३दिन पुर्व नै गर्भदोष लाग्ने मान्यता रहेका कारण भाद्र कृष्ण अष्टमीका दिन पनि दुर्वाष्ठमी(गौरापर्व)को व्रत बस्न नमिल्ने जनाईएको छ । अठोला पञ्चाङ्ग समितिका कानुन सल्लाहकार जगत प्रशाद जोशी, पञ्चाङकार डिल्लीराज जोशी र प्रकासक सदस्य भिष्मराज जोशीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा धर्म सिन्धुको उल्लेखित बचनबाट भाद्र २०गते अगस्त्योदय हुने पुष्टी भएको र निर्णय सिन्धु तथा ब्रतराजको कथनबाट समेत अगस्त्योदय पश्चात दुर्वाष्टमी व्रत गर्न नमिल्ने प्रष्ट पार्दै विगतका बर्षहरु जस्तै अधिक मासको अवस्था आउँदा शुद्ध श्रावण शुक्ल पक्षको अष्टमिमा गौरापर्व मनाईने जनाएको छ ।