पप्पु गुरुङ्ग

नेपाली काग्रेंसले दोधारा चाँदनी नगरपालिकामा बेथिति बढेको तर, जनताका विपदमा पर्दा समेत स्थानीय सरकारले वास्ता नगरेको भन्दै ज्ञापन पत्र बुझाएको छ । काँग्रेसले मेयर किशोर कुमार लिम्बुलाई कुतियाकवर बस्ती लगाएत क्षेत्रमा नदीले कटानी गरेको अवस्थामा अस्थायी तटबन्ध निमार्ण लगाएत बिभिन्न दश सुत्रिय माँग राख्दै ज्ञापन पत्र बुझाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर नेपाली काग्रेंस दोधारा चाँदनीका पदाधिकारीहरुले मेयर लिम्बुलाई कुतियाकवर बस्तीमा अस्थायी तटबन्ध लगाएत बिभिन्न दश सुक्रिय माँग गर्दै ज्ञापन पत्र बुझाएको नेपाली काग्रेंस दोधारा चाँदनीका सभापती राजेन्द्र मल्लले जानकारी दिएका छन् । सघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्था पछिको दोस्रो स्थानिय तह निर्वाचनमा जनताको ठुलो आशा अपेक्षाका साथ निर्वाचित भएको स्थानिय सरकारले जनताका जनसरोकारका मुद्धाहरुमा विधिको शासन, न्यायीक स्वतन्त्रता, मानव अधिकार जस्ता आधारभुत मुद्धाहरुमा पूर्ण रुपमा असफल भएको जनगुनासो व्यापक रुपमा उठिरहेको अवस्थामा नेपाली कांग्रेस जनप्रेमी पार्टी भएको नाताले जनताका दुस्ख कष्टहरुमा मलहम लगाई जनप्रेमी कार्य गर्ने दायित्व सम्झेर पालिकामा भएका बेथितिहरुका विरुद्ध जनताको पक्षमा शसक्त जोडदार आवाज उठाई लोकतान्त्रिक विधि पद्धति अनुसार स्थानिय तह संचालन गर्नका लागि यो ज्ञापन पत्र बुझाएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताएका छन् । यावत वेथितिहरुलाई समयमै समाधान नगरी अटेर गरेमा चरणवद्ध रुपमा आन्दोलनका थप कार्यक्रमहरु गरिने उनले बताए । ‘दोधारा चाँदनी–१० कुतियाकवर लगा्एत पालिकाका विभिन्न ठाँउमा बाढीले गर्दा जनताको तिव्र रुपमा जमीन कटानी भई जनताले सास्ती बाहोनं परेको समस्यालाई स्थानिय सरकारले वेवास्था गरेको पाएकाले यथाशिघ्र अस्थायी तटबन्ध निर्माण गरी जनताका जन धनको सुरक्षा गर्न जोडदार माँग गर्दछौ । स्वास्थ्य क्षेत्र जस्तो संबेदनशिल जनताको जिवन संग जोडिएको क्षेत्रमा जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त नभएको जनगुनासो र स्वास्थ्य ऐन नियमावली र प्रचलित कानून विपरित गएर आफ्ना कार्यकर्ता र नजिकका नातेदारहरु भर्ना गरी राज्यकोषको चरम दुरुपयोग गरेकोले नियम विपरित भएको भर्नाहरु तत्काल रद्द गरी आवश्यक्ता पहिचान गरी विधि र प्रक्रिया अनुसार जानका लागि जोडदार माँग गर्दछौं । शिक्षा जस्तो पवित्र संस्थाहरुमा जनताका बालवालिकाहरुको गुणस्तरीय अध्ययन, अध्यापन नभई आम जनमासमा निरासा छाएको, शिक्षाको पूर्ण दायित्व लिएको स्थानिय सरकार उदासिन भएको अवस्थाका साथै शिक्षा क्षेत्रमा राजनितिक पहुँचका आधारमा सरुवा गर्ने गरेको अबस्थामा राजनितिक पूर्वाग्रह हटाई शिक्षा ऐन, नियमावलीको परिधी भित्र रही गुणस्तरिय शिक्षा प्रदान गर्ने पहल गरियोस् । दोधारा चाँदनी नगरपालिकामा रहेका सहकारी संस्थाहरुमा भए गरेका वेथितिहरुमा स्थानिय सरकार मौन रहेकाले सहकारीकर्मीका पक्षमा यथाशिघ्र अनुगमन गरी न्याय दिलाउन पहल गरियोस् । दोधारा चाँदनी नगरपालिका– ७ को डम्मर चौराह देखि अगाडी ओईरेली खल्लामा निर्माणाधिन कल्भर्टको निर्माण कार्य समयमै नभई आवत जावतमा जनताले सास्ती व्यहोर्न गरेको अवस्थामा स्थानिय सरकारको कुनै किसिमको पहल कदमी नभएको र एथासिघ्र निर्माणमा पहल गरियो र पालिका भित्र भईरहेको अन्य विकास निर्माणका कामहरु समयमै गुणस्तरीय रुपमा सम्पन्न गरियोस । गाँउ गाँउमा सरकार घर–घरमा सिंहदरवार भन्ने मूल संवैधानिक व्यवस्था हुदै दुई पटक सम्म स्थानिय निर्वाचन भईसक्दा पनि दोधारा चाँदनी नगरपालिकाका सबै वडामा वडाकार्यालय स्थापना गरि जनतालाई सरल सुलभ सेवा प्रवाह गर्न जोडदार माँग गर्दछौ । नगरमा देखिएको प्रमुख समस्याका रुपमा छाडा चौपायाका कारण कृषकहरुले आफुले लगाएका बालीनाली नोक्सान भई भोकमरी हुने अवस्था देखिएको र व्यवस्थापनका नाउमा आफ्ना कार्यकर्ता भर्ना गरी तलब खुवाएको देखिएकोले छाडा चौपायाको व्यवस्थापन स्थायी रुपमा गरियोस् । सिमा क्षेत्रमा देखिएको समस्यालाई प्रदेश र केन्द्र सरकार संग पहल गरी जनचाहना अनुसार सिमा क्षेत्रलाई सरल र सुलभ वातावरण निर्माण गर्न पहल गर्न जोडदार माँग गर्दछौ । स्थानिय सरकार अन्र्तगत रहेका विभिन्न स्रोत साधनको उपयोग र परिचालनमा अनियमितता भएको र पहुचका आधारमा सेवा दिने गरेको भन्ने व्यापक जनगुनासो आएकोले निश्चित कार्यविधि निर्माण गरी स्रोत साधनको परिचालन गरियोस् । नगरपालिका अन्तंगत रहेका विभिन्न शाखाहरुमा जनताको कामकाजमा ढिलासुस्ती भएको र आर्थिक चलखेलका आधारमा काम हुने गरेको भन्ने जनगुनासो आएकोले त्यस्ता गतिविधिहरु तुरन्त रोकियोस् ।’ नेपाली काग्रेंस दोधारा चाँदनी्को ज्ञापन पत्रमा भनिएको छ् ।

प्रतिक्रिया दिनुस