कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले ईलाका प्रहरी कार्यालय गड्डाचौकीलाई कार्यालय समाग्री सहयोग गरेको छ । भीमदत्त नगरपालिका ११ ले नव निर्मित ईप्रका गड्डाचौकीलाई आवश्यक फर्निचर कार्यालय समाग्री सहयोग गरेको हो ।

मंगलबार एक कार्यक्रमका विच भीनपा ११ का जनप्रतिनिधी एव कर्मचारीले ईप्रका गड्डाचौकीलाई आवश्यक फर्निचर कार्यालय समाग्री हस्तान्तरण गरेका छन । भीनपा ११ का वडाध्यक्ष प्रकास थापाले ईप्रका गड्डाचौकी इन्चार्ज देवसिह बुडाललाई कार्यालय फर्निचर समाग्री हस्तान्तरण गरेका छन । वडाध्यक्ष थापाले जनताको जिउधनको सुुरक्षामा अहोरात्र खटिने प्रहरीको नव निर्मित भवनमा चाहिने आवश्यक ५० हजार बराबरका समाग्री दिएको बताए । ईप्रका गड्डाचौकी इन्चार्ज देवसिह बुडालले वडाबाट प्राप्त फर्निचर सहयोगले दैनिक कामकाजमा सहज हुने बताए । ईप्रका गड्डाचौकी संघीय सरकार मातहत भएपनि स्थानीय जनताको सुरक्षामा अहोरात्र खटिने भएकाले पालिका सरकार मातहतको वडा कार्यालयबाट सक्दो सहयोग गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुस