धनसिह धामी

सुदूरपश्चिम प्रदेश सभा सदस्य(पुर्व संसद) महेश दत्त जोशी सामुदायिक वन समन्वय समिति(सिएफसिसि) कञ्चनपुरको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन । बिहीबार कृष्णपुर नगरपालिका २ वाणिमा सम्पन्न भएको सामुदायिक वन समन्वय समिति

(सिएफसिसि) कञ्चनपुरको १९औँ बार्षिक साधारण सभाबाट अध्यक्षमा जोशी निर्बिरोध निर्वाचित भएका हुन ।

बरिष्ठ संरक्षणकर्मी एव (सिएफसिसि)का संस्थापक अध्यक्ष जोशी पुन अध्यक्षको जिम्मेबारीमा आएका छन । उपाध्यक्ष नरेश राज भट्ट, सचिव लक्ष्मी साउद, कोषाध्यक्ष सुमित्रा राना, सह सचिव प्रेम विक, सदस्य केशव सिह धामी, मथुरा बुढा, सिता चौधरी, सोब ब. बानिया रहेका छन । सामुदायिक वन समन्वय समिति(सिएफसिसि) कञ्चनपुरको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका अध्यक्ष जोशीले पर्यावरण संरक्षणका साथै नागरिकको हक अधिकारका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।

कार्यक्तमका बिशिष्ठ अतिथि समेत रहेका सिएफसिसी कञ्चनपुरको अध्यक्षमा पुन कमब्याक भएका अध्यक्ष जोशीले मानव बन्यजन्तुविचको द्वन्द्व न्यूनिकरण गर्दै वनमा आश्रित समुदायको आत्मनिर्भरका साथै पर्यावरण संरक्षण गरिने बताए । कार्यक्तमका प्रमुख अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले सामुदायिक वन समेत प्रदेश सरकारको सारथी बन्नुपर्नेमा जोडदिदै सामुदायिक वनमा देखिएका विद्यमान समस्या समाधान गरिने बताए । उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहरण गरेका सामुदायिक वन समन्वय समिति(सिएफसिसि)का निर्वतमान अध्यक्ष शिवत्तदत्त पन्तले बार्षिक कार्य प्रगति प्रतिवेदन प्स्तुत गर्दै संरक्षणका क्षेत्रमा थुप्रै योजना सम्पन्न गरिएको बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रशाद तिवारी र पश्चिम तराई भुपरिधीका कार्यक्रम प्रबन्धक लक्ष्मण पौडेलले समेत सरक्षणमा (सिएफसिसि)को भूमिका रहेको बताउँदै आगामी दिनमा सहकार्य गरेर अघि बढाउने बताएका छन । कार्यक्रममा संरक्षण क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस